२०८३ साउन ९ शनिबार

विदेशी जेलमा कति छन् नेपालीहरू ?१७ जनालाई मृत्युदण्ड : ४३ जनालाई जन्मकैदको सजाय

ई आर्थिक    बिहिबार, जेष्ठ १८ २०७४
2.6K
Shares
विदेशी जेलमा कति छन् नेपालीहरू ?१७ जनालाई मृत्युदण्ड : ४३ जनालाई जन्मकैदको सजाय

१८ जेठ, काठमाडौं । विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ । धानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो । सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार सजाय भोगिरहेका नागरिकको अवस्था सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको परराष्ट्र शाखाका अनुसार विभिन्न देशमा कारावास सजाय भोगिरहेका ३१८ जना नेपाली नागरिकमध्ये १७ जनालाई मृत्युदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुुनाइएको छ । यसैगरी विदेशका कारागारमा रहेका २३९ जनालाई न्यूनतम एक महिनादेखि ५० वर्षको कारावास सजाय तोकिएको पाइएको सो शाखाका वैदेशिक रोजगारविज्ञका रूपमा कार्यरत सुशील ढुङ्गानाले जानकारी गराउनुभयो । भारतबाट भने विवरण आउन बाँकी रहेको छ ।

उहाँका अनुसार विदेशी कारागारमा रहेका नेपाली नागरिकमध्ये सबैभन्दा बढी साउदी अरब,कतार, मलेसिया, कुुबेतमा रहेको पाइएको छ । त्यसपछि दक्षिण कोरियामा नेपाली नागरिकको चाप रहे पनि ती मुलुकमा भन्दा बैङ्कक र चीनको बेइजिङ तथा स्वशासित क्षेत्र तिब्बतमा समेत नेपाली नागरिकले कारावास सजाय भोगिरहेको पाइएको ढुङ्गानाले जानकारी गराउनुभयो ।

कार्यालयका अनुसार पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, सिङ्गापुुरजस्ता देशमा समेत नेपाली नागरिकले कारावास सजाय भोगिरहेको पाइएको छ ।कारावास सजाय भोगिरहेका नेपाली नागरिकमाथि हत्या, लागूऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्री, चोरी, ठगी, बलात्कार जस्ता आरोप लगाएको पाइएको बताउनुभयो ।गोरखापत्र  दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij