२०८३ साउन ९ शनिबार

को हो भावी प्रधानन्यायाधीश ?, वैशाख १३ भित्रै सिफारिस हुनुपर्ने अझै भएन

ई आर्थिक    शनिबार, जेष्ठ १३ २०७४
6.3K
Shares
को हो भावी प्रधानन्यायाधीश ?, वैशाख १३ भित्रै सिफारिस हुनुपर्ने अझै भएन

१३ जेठ, काठमाडौं । संवैधानिक परिषदले निर्धारित समयभित्र नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर संवैधानिक प्रावधानको गम्भीर उल्लंघन गरेको पाइएको छ। नयाँ प्रधानन्यायाधीशको नाम सो पद रिक्त हुन लागेको एक महिनाभित्र सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीको पदावधि सकिन आजबाट ११ दिन मात्र बाँकी रहँदासमेत हालसम्म नयाँ प्रधानन्यायाधीश चयन गर्न चासो लिएको छैन । प्रधानन्यायाधीश कार्कीको पदावधि जेठ १४ गतेसम्म मात्र रहेको छ।

नेपालको संविधानको धारा २८४ को उपधारा १ मा प्रधानन्यायाधीश संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तीको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक संवैधानिक परिषद गठन हुने व्यवस्था रहेको छ।

यसै गरी सोही धाराको उपाधारा ३ मा संवैधानिक परिषदले प्रधानन्याधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअघि नियुक्तिका लागि सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ। अाजकाे नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij