२०८३ साउन १० आइतबार

रहेनन् हलिउडका ‘जेम्स बोन्ड’ सर रोजर मूर

ई आर्थिक    बुधबार, जेष्ठ १० २०७४
7.6K
Shares
रहेनन् हलिउडका ‘जेम्स बोन्ड’ सर रोजर मूर

१० जेठ, एजेन्सी । जेम्स बोन्ड श्रृंखलाको चर्चित अभिनेता रोजर मूरको आज बिहान निधन भएको छ। क्यान्सरबाट पीडित ८९ वर्षीय मूरको स्विट्जरल्यान्डमा निधन भएको उनको ट्विटरबाट परिवारले जानकारी दिएका हुन्।

ब्रिटिश जासुसको अभिनयमा थुप्रै अवार्ड जितेका मूरलाई बेलायती सरकारले सरको उपाधि दिएको थियो। मूर १२ वर्षसम्म जेम्स बोन्डको भूमिकामा देखिएका थिए। यसले उनलाई करोडपति मात्र होइन, प्रसिद्धि पनि दिलाएको थियो। उनी जेम्स बोन्डको ७ वटा शृंखलामा जासुसको अभिनयमा देखा परेका थिए।

मूर जेम्स बोन्डको अभिनय गर्ने तेस्रो हलिउड अभिनेता थिए। सन् १९७३ देखि १९८५ सम्म उनी जेम्स बोन्डकै भूमिकामा देखा परे। उनी यसकारण पनि प्रख्यात भएका थिए, उनीभन्दा अगाडि जेम्स बोन्डको भूमिका अर्का चर्चित अभिनेता शान कोनरी देखिने गर्थे। कोनरीको उत्तराधिकारीको रुपमा मूर जेम्स बोन्ड शृंखलामा देखा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij