२०८३ साउन ९ शनिबार

आइफोनको मूल्य घट्यो, कसको मूल्य कति ?

ई आर्थिक    बिहिबार, जेष्ठ ४ २०७४
8.5K
Shares
आइफोनको मूल्य घट्यो, कसको मूल्य कति ?

४ जेठ, काठमाडौं । एप्पलको आइफोन तथा अन्य उत्पादनहरू (म्याकबुक्स, आइप्याड एयर) को आधिकारिक बितरक जेननेक्स्टले आइफोनको मूल्य घटेको घोषणा गरेको छ ।

आइफोन किन्ने सबैभन्दा उपयुक्त समय भएको भन्दै कम्पनीले मूल्य घटाएको जनाएको हो । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनले नेपालमा वर्षौैंदेखि बजारमा एप्पलका उत्पादन बिक्री गर्दै आएको छ ।

 

सबै आइफोन विशेष अफरमा उपलब्ध रहेको र आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध हुने जनाइएको छ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।

ओलीज, फ्यूचर वल्र्ड, एपेक्स, क्वालिटी कम्प्यूटर (बिर्तामोड, झापा), कम्प्युटर सेल्स सेन्टर(बुटवल, रुपन्देही), हिमालयन अफीस अटोमेसन(पोखरा, कास्की) बाट मात्र खरिद गर्न सकिने जनाइएको छ । जेननेक्स्टको होलोग्राम बक्समा हेरेर खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।

कसको मूल्य कति ?
उत्पादनहरू उपलब्ध रंग मूल्य (रुपैयाँमा)
आइफोन ७३२ जीबी ब्ल्याक ८६,०००
आइफोन ७१२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक, रेड ९९,८००
आइफोन ७२५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक १,१२,०००
आइफोन ७ प्लस ३२ जीबी – १,०५,०००
आइफोन ७ प्लस १२८ जीबी ब्ल्याक, जेट ब्ल्याक, रेड १,१९,०००
आइफोन ७ प्लस २५६ जीबी – १,३२,०००
आइफोन ६ ६४ जीबी गोल्ड, स्पेस ग्रे ६८,०००
आइफोन ६ १२८ जीबी गोल्ड, स्पेस ग्रे ७८,०००
आइफोन एसई ६४ जीबी गोल्ड, रोज गोल्ड ५२,५००
आइफोन ६ एस ३२ जीबी गोल्ड, रोज गोल्ड, स्पेस ग्रे ७२,८००
आइप्याड प्रो ९.७ स्मार्ट की बोर्ड १७,५००

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij