१ जेठ, मनाङ।मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ।
सोमबार बिहान सकिएको मतगणनामा एमाले उम्मेदवार लोकेन्द्र बहादुर घले २१४ मत ल्याएर विजयी भएका हुन्। उनले कांग्रेसकी अनिता लामालाई ३१ मतले हराएका छन्। लामाले १७३ मत ल्याएकी छन्। अाइतबार भएको निर्वाचनको अन्तिम मत परिणाम अाएको चामे पहिलो स्थानीय तह हो।
त्यसैगरी ललितपुरको महांकाल नगरपालिका वडा नं ६ मा एमालेका वडाध्यक्ष उम्मेद्वार रामकृष्ण आचार्य ३६१ मत पाएर विजयी भएका छन् । नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका छन् ।
त्यसैगरी जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु हुँदा कांग्रेसले अग्रता लिएको छ ।
चन्दननाथ नगरपालिकाको एक नम्बर वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।
त्यसैगरी हिजो राति सुरु ललितपुर महानगरको मतगणना वडा नम्बर १ बाट जारी छ । अहिले त्यहाँ ७७५ मत गनिएको छ।
मेयरमा कांग्रेसका उम्मेदवार चिरिकाजी महर्जन २१८ मत ल्याएर अगाडि छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले १८४ मत ल्याएका छन्। माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जनले ८३ मत ल्याएका छन्।
पहिलो चरणमा ११२ मतगणना गरिएको उनले जानकारी दिए। त्यहाँ कांग्रेस प्रमुखका उम्मेदवार कान्तिका सेजुवालले ६६, उपप्रमुख जगतबहादुर खत्रीले ५३, नेकपा(माओवादी केन्द्र) का प्रमुखका उम्मेदवार अशोक श्रेष्ठले २८ र उपप्रमुख अप्सरा ज्यौपानेले ३० मत र नेकपा (एमाले) प्रमुखका उम्मेदवार शान्तिलाल महतले १०, उपप्रमुख मेनका रेग्मी चौलागाईंले आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए ।
काठमाडौँको कीर्तिपुर नगरलिकामा एमालेले अग्रता लिएको छ । कीर्तिपुर वडा नम्बर १ को मत गणना गर्दा एमालेले ४ सय ६०, कांग्रेसले ३ सय ५६ र माओवादी केन्द्रले १ सय ४५ मत ल्याएका छन् ।
मध्यराति १२ बजेदेखि यहाँ मतगणना सुरु भएको हो । कीर्तिपुर नगरपालिकामा एमालेबाट रमेश महर्जन, कांग्रेसबाट राजकुमार नकर्मी र नेकपा माओवादी केन्द्रबाट हिराबहादुर महर्जन मेयरका दावेदार छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मतगणना भइरहेको छ। आइतबार रातिबाट सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।
सोमबार बिहानसम्म भएको मत गणनामा माओवादी केन्द्रका उम्मेदवारले ३३१ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले २९३ मत लिएका छन्। तेस्रो का एमाले उम्मेदवारले १०६ मत पाएका छन्।
नवलपरासीका तीनमध्ये दुईमा कांग्रेसले अग्रता लिएको छ । आइतबारको मतदानपछि रातिबाटै सुरु मतगणनामा नवलपरासीको देउचुली नगरपालिकामा अहिलेसम्म ४९९ मत ल्याएर कांग्रेसले अग्रता लिएको छ ।
एमालेले ४२९ मत ल्याएर दोस्रो स्थानमा छ। त्यस्तै माओवादीको २६२ मत ल्याएर तेस्रो स्थानमा छ। गैँडाकोट नगरपालिकामा पनि कांग्रेसको अग्रता छ। कांग्रेसको २५४ मत, एमालेको ५६ र माओवादीको २४ मत आएको छ।
नव