२०८३ साउन ९ शनिबार

‘गगनेलाई लखेट्’ भन्दै स्वास्थ्य मन्त्री गगन थापालाई एमाले कार्यकर्ताले लखेटे पछी

ई आर्थिक    शनिबार, बैशाख ३० २०७४
8.5K
Shares
‘गगनेलाई लखेट्’ भन्दै स्वास्थ्य मन्त्री गगन थापालाई एमाले कार्यकर्ताले लखेटे पछी

३० वैशाख, काठमाडौं । कांग्रेस नेता एवं स्वास्थ्य मन्त्री गगन थापालाई शनिबार विहान कपनमा नेकपा एमालेका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । निजी गाडी चढेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले ‘गगनेलाई लखेट्’ भन्दै सुकेधारासम्म लखेटेका छन् ।

निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुर्व्यवहार गरेका हुन् । मौन अवधि लागू भइसकेको अवस्थामा आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीसहित आउनु आचारसंहिता विपरित भएको एमाले कार्यकर्ताको दाबी छ यसबारे एमालेले निर्वाचन आयोगलाई समेत उजुरी दिएको स्थानीय एमाले कार्यकर्ताले बताए ।

एमाले कार्यकर्ताको बिरोध र नाराबाजी छलेर कपन जोरधारातिर जाने क्रममा मन्त्री थापाको निजी नम्बर प्लेटको गाडीमा ढुंगासमेत प्रहार भएको थियो ।

मन्त्री थापा बिहानै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा पुगेका थिए । त्यहीक्रममा उनलाई एमाले कार्यकर्ताले घेराउ गरेका हुन् । उनीहरुले थापाविरुद्ध नाराबाजी र गालीगलौजका साथै गाडीमा ढुंगा प्रहार गरेका थिए ।

gagan-durbyabahar

एकजना समर्थकको घरभित्र रहेका मन्त्री थापा बाहिर निस्केर घरतिर जाने क्रममा एमाले कार्यकर्ताले घेराउ गरेका हुन् ।

जोरधाराबाट हृयाण्ड बल ग्राउण्ड हुँदै निस्कने क्रममा मन्त्रीको गाडीमा पछाडिबाट ढुंगा हानिएको प्रहरीले जनाएको छ ।

मन्त्री थापाले भने आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको बताएका थिए । उनले आफू यसरी घरमा जान पाइने प्रतिक्रिया गाडीभित्रैबाट दिए ।

लगत्तै एकजनाले ‘गगनेलाई लखेट’ भनेपछि एमाले कार्यकर्ताहरु मोटरसाइकल चढेर मन्त्रीको गाडीलाई पछ्याउदै सुकेधारासम्म पुगेका थिए ।

काठमाडौं क्षेत्र नम्वर ४ को कपनमा नातामा हजुरवा पर्ने एक आफन्तहरुलाई भेटेर फर्कने क्रममा जोरधारा पछाडि आदर्शनगर टोलमा पार्टीका एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कंदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले थापामाथि दुर्व्यवहार गरेको मन्त्री थापाका सहयोगीले बताए ।

सो घरबाट थापा बाहिरिएपछि नीलोपुलमा केही एमाले कार्यकर्ताहरुले छापामार शैलीमा हुलहुज्जत गर्न खोजेको स्थानीय कांग्रेस कार्यकर्ता मनोज सिग्देलले बताए ।

थापाले आफूलाई निर्वाचन आचारसंहिताको राम्रो ज्ञान भएको र व्यक्तिगत भेटघाटलाई आचारसंहिताले पनि नरोकेको बताए। बरु आफूमाथि हुलहुज्जत गर्न पठाएर एमालेले आचारसंहिताको उल्लंघन गरेको थापाले प्रतिक्रिया दिए।

थापाले निर्वाचनको वातावरण विगार्न आएकाहरुको हल्लाको पछाडि नलागी ३१ गतेको चुनावमा लाग्न आग्रह गरे।

स्थितिलाई भड्काउन केही अवाञ्छित गतिविधि गर्ने प्रयास भएको उल्लेख गर्दै थापाले आफ्नो क्षेत्रका सबैहरुलाई संयमित हुन आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij