२६ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन बैंकको नाफा झण्डै २३ करोड रुपैयाँ बढेको छ । बैंकले जारी गरेको वित्तिय विवरण अनुसार यो अवधिमा एक अर्ब ५३ करोड ५१ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले गत आवको सोहि अवधिमा एक अर्ब ३१ करोड ९३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवको यो अवधिमा बैंकको खुद नाफा १६ प्रतिशतले बढेको छ ।
दुई अर्ब ७६ करोड ९५ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको सञ्चालन मुनाफा दुई अर्ब ३९ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । ६ अर्ब ६१ करोड ४७ लाख १८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब ५१ करोड ३० हजार रुपैयाँ रहेको छ ।
९२ अर्ब ८९ करोड ८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७८ अर्ब ८ करोड ३४ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ३७ पैसा छ भने बैंकको खराब कर्जा शुन्य दशमलव ९० प्रतिशत रहेको छ ।