बैशाख २५, काठमाडौं । फोरम लोकतान्त्रिक पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ । उपप्रधानसहित तीन मन्त्री लिएर फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएको हो । सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान, संघिय मामिला तथा स्थानीय विकासमन्त्री बनेका छन् । त्यसैगरी सरकारमा सहभागी जितेन्द्र नारायण देवलाई नागरिक उड्डयन तथा पर्यटनमन्त्री र गोपाल दहितलाई भूमिसुधारमन्त्रीको जिम्मेवारी दिइएको छ ।
सरकारको नेतृत्व परिवर्तनको संघारमा फोरम लोकतान्त्रिक सरकारमा समावेश भएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार प्रचण्डले जेठको पहिलो साता सत्ता छाड्नु पर्ने हुन्छ ।
![/fi6«klt ljBfb]aL e08f/L, pk/fi6«klt gGbaxfb'/ k'g, k|wfgdGqL k'iksdn bfxfn
k|r08Útyf ;efd'v cf]g;/L 3tL{ gjlgo'Qm pkk|wfg dGqL tyf dGqLsf] ;ky u|x0f kl5 ;d"lxs tl:a/ . tl:a/ M /f]zg ;fksf]6f, /f;;](https://eaarthik.com/wp-content/uploads/2017/05/Oath-of-Bijaya-Gachhadar-300x200.jpg)
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार सदावहार मन्त्री बनेका छन् । गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री भएयताका उनी अधिकांश प्रधानमन्त्रीको कार्यकालमा मन्त्री भएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा समेत गरेर उनी १२ औं पटक मन्त्री भएका छन् । उपप्रधानमन्त्री समेत उनी चार पटक हुन सफल भएका छन् । अध्यक्ष गच्छदारसहित दुई मन्त्रीलाई राष्ट्रपती विद्यादेवी भण्डारीले शितल निवासमा सपथ खुवाएकी थिइन ।
यसैबीच नवनियुक्त उपप्रधानमन्त्री गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारमा आज साँझ आफ्नो पदभार ग्रहण गर्दै उनले भने, “ सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु ।”
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय तहको चुनाव सम्पन्न हुने बताउँदै यसलाई अर्थपूर्ण बनाउनका लागि आफू लाग्ने बताए । दोसो चरणको स्थानीय तहको निर्वाचन गर्न पनि त्यत्तिकै महत्वपूर्ण भएको बताउँदै उनेले भने, “पहिलो चरणको जस्तै दोस्रो चरणको चुनाव पनि महत्वपूर्ण छ, चुनावमा केही असहमत पक्ष पनि छन्, ती सबै असहमत दललाई चुनावमा ल्याउने जिम्मेवारी निर्वाह गर्छु ।”