२०८३ साउन ९ शनिबार

उम्मेदवारको चुनाव खर्चः एमालेले नदिने, कांग्रेस–माओवादी पठाउँदै

ई आर्थिक    शुक्रबार, बैशाख २२ २०७४
5.5K
Shares
उम्मेदवारको चुनाव खर्चः एमालेले नदिने, कांग्रेस–माओवादी पठाउँदै

 २२ वैशाख, काठमाडौं । प्रमुख दलहरुले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले निर्वाचन खर्च स्थानीय तहबाटै परिचालन गर्नुपर्ने नीति अख्तियार गरेका छन् ।एमालेले स्थानीय रुपमै खर्च जोहो गर्न निर्देशन दिएको छ । एमालेले केन्द्रबाट घोषणापत्र मात्रै पठाउँदैछ ।तैपनि निर्वाचन जित्ने सम्भावना बढी भएका उम्मेदवारलाई केन्द्रले ‘टोकन मनी’ पठाउने प्रायः प्रमुख दलको आन्तरिक गृहकार्य छ ।
कांग्रेसले झन्डा, घोषणापत्र र टोकन मनी पठाउँदै छ । निर्वाचन खर्च व्यवस्थापनका लागि कांग्रेसले कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।

माओवादी केन्द्रले अवस्था हेरेर उम्मेदवारलाई सहयोग गर्दै छ ।

राप्रपा र फोरम लोकतान्त्रिकले जिल्ला तथा क्षेत्रीय तहलाई आफैं खर्च उठाउन निर्देशन दिइसकेको  छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij