एजेन्सी । रिलिजको दिननै १२१ करोडको विजनेश गर्दै बलीउडको सारा रेकर्ड तोडेको ‘बाहुबली २’ ले रिलिजको ५ दिनमा ७ सय करोडको आँकडा पार गरेको छ । एस.एस. राजामौली निर्देशित यो फिल्मको वर्ल्डवाइड विजनेश करिब ७१० करोडको आसपास रहेको छ ।
फिल्म जुन रफ्तारमा अगाडि बढिरहेको छ यस्तो लागिरहेको छ कि चाँडै यसले आमिर खान को ‘दंगल’ र ‘पीके’ को वर्ल्डवाइड रिकर्डलाई तोड्नेछ । ‘पीके’ को अहिलेसम्मको वर्ल्डवाइड कमाई ७९२ र ‘दंगल’ को वर्ल्डवाइड विजनेश ७४२ रहेको थियो ।
फिल्मको हिन्दी भर्जनले ४ दिनमा कूल १६९.२५ करोडको विजनेश गरेको छ । यो फिल्म वर्ल्डवाइड करिब ९ हजार स्क्रीन्समा रिलिज भैरहेको छ । यो फिल्म तेलुगू भाषामा बनेको हो तर हिन्दीसहित अन्य ७ भाषामा समेत रिलिज भएको छ ।
त्यसै गरी ‘बाहुबली–२’ का प्रमुख कलाकारको पारिश्रमिक सूची सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका मेन हिरो प्रभासले २५ करोड पारिश्रमिक लिएर बलिउडमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता छन् । यो पारिश्रमिकबाट प्रभासले बलिउडमा नयाँ रेकर्ड बनाएका हुन् ।
यस्तै फिल्मका निर्देशक एस एस राजामाओलीले सबैभन्दा बढी २८ करोड पारिश्रमिक लिएर निर्देशन क्षेत्रमा नयाँ रेकर्ड कायम गरेका छन् ।
फिल्मका खलनायक राणा डग्गुबती (भल्लालदेव)ले १५ करोड, प्रमुख अभिनेत्री अनुष्का सेट्टीले ५ करोड पारिश्रमिक लिएकी छन् । त्यस्तै, सहायक भुमिकामा रहेकी अर्की अभिनेत्री तमन्ना भाटियाले पनि ५ करोड पारिश्रमिक प्राप्त गरेकी छन् ।

प्रमुख ७ कलाकारमध्ये कसको तलब कति ?
१) एस एस राजामाओली (फिल्म निर्देशक): २८ करोड
२) प्रभास (अर्वेन्द्र बाहुबली): २५ करोड
३) राणा डग्गुबती (भल्लालदेव): १५ करोड
४) अनुष्का सेट्टी (राजकुमारी देवसेना): ५ करोड
५) तमन्ना भाटिया (अभन्टीका): ५ करोड
६) रामाया कृष्ण (राजमाता शिवांमी): २.५ करोड
७) सत्यराज (कटप्पा): २ करोड