२०८३ साउन ९ शनिबार

एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

ई आर्थिक    बिहिबार, बैशाख २१ २०७४
3.4K
Shares
एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

२१ वैशाख, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३३ प्रतिशत अर्थात तीन बराबर एक अनुपातमा हकप्रद निष्काशनलाई धितोपत्र बोर्डले स्वीकृती दिएको छ । बैंकले हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद जारी गर्ने अनुमति पाएको हो ।

बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैकको सेयर निष्काशनमा एनआईएल क्यापिटल रहेको छ । हाल ४ अर्ब ६० करोड चुक्ता पुँजी रहेको बैंकको हकप्रद जारी पछि चुक्ता पुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij