२०८३ साउन १० आइतबार

१३ हजार पदका लागि ४४ हजार उम्मेदवार : कुन पदमा कति?

ई आर्थिक    बिहिबार, बैशाख २१ २०७४
3.1K
Shares
१३ हजार पदका लागि ४४ हजार उम्मेदवार : कुन पदमा कति?

२१ वैशाख, काठमाडौं । पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांक अनुसार, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुखमा १ हजार ८ सय ५६ ले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, उपप्रमुखमा करिब १ हजार ३ सय ७५ उम्मेदवार बनेका छन्। नगरपालिका र गाउँपालिकाका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको प्रारम्भिक तथ्यांक छ । दुई खुला सदस्यका लागि १६ हजार ८३ ले उम्मेदवारी दर्ता गराएका छन् ।

महिला सदस्यका लागि सात हजार नौ सय ९४ ले र दलित महिला कोटामा ६ हजार ६ सय ५४ ले उम्मेदवारी दिएका छन् । स्थानीय तहबाट आएको यो तथ्यांकमा केही संख्या थप हुन सक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। उनका अनुसार केही स्थानबाट अपुरो तथ्यांक आएकाले सबै पदमा उम्मेद्वारको विवरण तयार हुन सकेको छैन।

आयोगमा आएको प्रारम्भीक तथ्यांकको अन्तिम नामावली बिहिबार साँझसम्ममा तयार हुन्छ।अाजकाे नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij