२०८३ साउन ९ शनिबार

पूर्वराजासँग कमल थापाको सम्बन्ध चिसियो, राजतन्त्र शब्दलाई विधानबाट हटाइदिने चेतावनी

ई आर्थिक    बुधबार, बैशाख २० २०७४
4.4K
Shares
पूर्वराजासँग कमल थापाको सम्बन्ध चिसियो, राजतन्त्र शब्दलाई विधानबाट हटाइदिने चेतावनी

पूर्वराजासँग कमल थापाको सम्बन्ध चिसियो

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाको सम्बन्ध चिसिएको छ । आफूलाई पूर्व राजाले दुःख दिन थालेको अध्यक्ष थापाले राजनीतिक दलका शीर्ष नेताहरु समक्ष व्यक्त गर्न थालेपछि पूर्व राजासँग सम्बन्ध चिसिएको सार्वजनिक भएको हो ।

अध्यक्ष थापाले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पनि आफूलाई पूर्व राजा शाहले दुःख दिएको गुनासो पोखेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पार्टी भित्र पूर्व राजाको पक्ष र विपक्षमा सांसदहरु नै देखिएपछि अध्यक्ष थापाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छोडने निर्णय गर्नु परेको हो ।

संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रलाई पार्टीको विधानबाट निर्वाचन आयोगले हटाइदिएपछि आन्दोलनमा उत्रिएको राप्रपा भित्र पक्ष र विपक्षमा मतविभाजन हुँदै आएको थियो । राजतन्त्र शब्दलाई विधानबाट हटाइदिने चेतावनी अध्यक्ष थापाले दिने गरेका छन् ।

विश्वहिन्दु महासंघका अध्यक्ष भरतकेशर सिंहका अनुसार राप्रपा अध्यक्ष थापाले ‘पार्टी भित्र राजाले चलखेल गरे,’ भन्ने आपत्तिजनक अभिव्यक्ति दिनु भएको छ । अध्यक्ष थापाको अभिव्यक्तिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको सिंहले मंगलबार जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राजा,वैदिक सनातन धर्म र राष्ट्रियता बोकेर हिडेको पार्टीले वैदिक सनातन धर्मको संरक्षक तथा राष्ट्रको अविभागवकीय संस्थालाई तथ्यहिन लान्छना लगाउनु शोभनीय नहुने कुरा विश्व हिन्दु महासंघ अन्तराष्ट्रियको ठहर रहेको छ’, सिंहको विज्ञप्तिमा भनिएको छ, ‘‘देशको अखण्डतालाई विखण्डन गर्ने प्रकारको सांसदमा संशोधन प्रस्तावको पक्षमा मतदान गर्न तयार हुने र राजा उपर दोस थुपार्ने कार्य गर्नु कति युक्तिसंगत छ, उपरोक्त विषय विचारणीय रहेको छ ।’

सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार अध्यक्ष थापाले प्रधानमन्त्री प्रचण्ड समक्ष सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रतिबद्धता सोमबार बिहान बालुवाटारमा व्यक्त गर्नु भएको थियो ।

पार्टी भन्दा मुलुक ठूलो मानी राष्ट्रलाई विखण्डन गराउने तर्फ उठाइएको कदमको विरुद्धमा स्वेच्छापूर्वक राष्ट्रिय हितमा उभिएका राष्ट्रप्रेमीहरुको विरुद्धमा आफनो कमजोरी लुकाई अरुलाई दोष दिनु भद्र भलादमीको कार्य होइन,’ सिंहले आफनो विज्ञप्तिमा भन्नु भएको छ ।

सिंहले राजसंस्था सम्पूर्ण हिमाल, पहाड तराईको एकता, आस्था र केन्द्रको साझा संस्था भएको उल्लेख गर्दै विज्ञप्तिमा भन्नु भएको छ ‘यसको गरिमा र महत्वलाई सम्पूर्ण नेपालीले बुझनु आजको अनिवार्यता हो ।’  अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij