२०८३ साउन ९ शनिबार

३४ जिल्लाका २८३ तहमा आज उम्मेदवारी

ई आर्थिक    मंगलबार, बैशाख १९ २०७४
3.7K
Shares
३४ जिल्लाका २८३ तहमा आज उम्मेदवारी

 तर, पूर्वसन्ध्यामा समेत प्रमुख दल उम्मेदवार छान्ने कसरतमा

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ । तीन प्रदेशमा पहिलो चरणको निर्वाचन ३१ वैशाखमा हुँदै छ । सो दिन ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम भए पनि प्रमुख राजनीतिक दलहरूले उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । निर्वाचन आयोगले मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ । सोही दिन साँझ ५ बजे नै उम्मेदवारको सूची प्रकाशन गरिने कार्यक्रम छ । उम्मेदवारले नगरपालिका र गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतकोे कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । २० वैशाखमै उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने सोही दिन नै मनोनयनपत्र जाँच गर्ने कार्यक्रम छ ।

२१ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र २२ वैशाखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । निर्वाचन आयोगले २२ वैशाखमै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

मुख्य सहरमा मुख्य दलका उम्मेदवार

काठमाडौं महानगर

कांग्रेस : सोमबार रातिसम्म पनि टुंगो लागेको छैन । मेयरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीको चर्चा छ । त्यस्तै, प्रगति रन्जित र तीर्थराम डंगोलको सम्भावना छ । उपमेयरमा प्रतिमा गौतम र कल्याणी रिजालको नाम सिफारिस भएको छ ।

एमाले : मंगलबार बिहान मात्रै टुंगो लाग्ने भएको छ । जीवनराम श्रेष्ठ, सावित्रा भुसाल र विद्यासुन्दर शाक्यको नाम प्रदेश कमिटीले सिफारिस गरेको छ । तर, स्थायी कमिटीमा केशव स्थापित र गौरी प्रधानको नाममा पनि छलफल भयो । उपमेयरमा शान्ति अधिकारी, इन्दिरा पन्त र रत्ना गुरुङको नाममा छलफल भइरहेको छ ।

माओवादी केन्द्र : मेयरमा सर्वोत्तममान डंगोल र उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । सबै वडामा माओवादी उम्मेदवार घोषित भइसकेका छन् ।

ललितपुर महानगर

कांग्रेस : मेयर चिरिबाबु महर्जन, उपमेयर गीता सत्याल ।

एमाले :  मेयर हरिकृष्ण व्यञ्जनकार, उपमेयर टुंगो लाग्न बाँकी ।
माओवादी केन्द्र :  दुवै टुंगो लाग्न बाँकी ।

पोखरा महानगर
कांग्रेस : मेयर नरेशशंकर पालिखे, उपमेयर चन्द्रावती पौडेल ।

एमाले : मेयर मानबहादुर जिसी, उपमेयर मञ्जु गुरुङ ।

माओवादी केन्द्र : दुवै टुंगो लाग्न बाँकी ।

राप्रपा : मेयर गीता गुरुङ, उपमेयर रमेशबहादुर खत्री ।

भरतपुर महानगर

कांग्रेस : टुंगो लाग्न बाँकी

एमाले : मेयर देवी ज्ञवाली, उपमेयर विद्या बज्राचार्य ।

माओवादी केन्द्र : मेयर रेणु दाहाल, उपमेयर सुरेन्द्र गुरुङ ।

हेटौँडा उपमहानगर

कांग्रेस : मेयर आनन्दराम पराजुली, उपमेयर लक्ष्मी श्रेष्ठ ।

एमाले : मेयर हरिबोल महत, उपमेयर टुंगो लाग्न बाँकी ।

माओवादी केन्द्र : मेयर बलराम बल, उपमेयर कमला पौडेल ।

राप्रपा : मेयर मधु अधिकारी, उपमेयर टुंगो लाग्न बाँकी ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij