२०८३ साउन ९ शनिबार

अब वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने

ई आर्थिक    मंगलबार, जेष्ठ १६ २०७४
3.5K
Shares
अब वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने

१६ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४-७५ का लागि सोमवार व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै कामदारले विदेश जानुअघि खोलेका सोही खातामा उसले पठाएको विप्रेषण आउने व्यवस्था मिलाइने बताए । वैदेशिक रोजगारीमा गएकाहरुले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

कामदारले पठाएको विपे्रषणलाई सदुपयोग गर्ने उद्देश्यले उनीहरुलाई सहभागी गराएर ‘रेमिट हाइड्रो’ लगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नेसमेत बजेटमा उल्लेख छ ।

सीप विकास तालीमलाई प्राथमिकता दिइने, सीप लिएकाहरुलाई आयआर्जनका कार्यक्रम गर्न स्रोत उपलब्ध गराइने, रोजगार र स्वरोजगारका माध्यमबाट रोजगारीमा पहुँच वृद्धि गरिने र सीपमूलक तालीम लिएकाहरुलाई सहुलियत दरमा पूँजी उपलब्ध गराइने बजेटमा उल्लेख छ । बालश्रमिकको अन्त्यका लागि दशवर्षीय गुरुयोजना बनाइने समेत अर्थमन्त्री महराले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij