१२ वैशाख, काठमाडौं । नेपाल एसबिआई बैङ्क लिमिटेड र ललितपुर फाइनान्सले वैशाख १२ गतेबाट हकप्रद शेयर निस्कासन गर्ने भएका छन्। नियामक निकाय धितोपत्र बोर्डले(सेबोन)ले हकप्रद निष्कासनको लागि वैशाख १२ गते स्वीकृति दिएको हो ।
नेपाल एसबिआई बैंकले १० बराबर ४ (१०:४) अनुपातमा रू. एक सय अङ्कित दरको १ करोड ९९ लाख १९ हजार ४ सय २३ दशमलव ६० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, ललितपुर फाइनान्सले १ बराबर १(१:१) अनुपातमा रू. एक सय अङ्कित दरको १८ लाख ७९ हजार ४ सय ५४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।