२०८३ साउन १२ मंगलबार

अमेरिकाद्वारा थप ११ वस्तुमा भन्सार छुट, भन्सार नलाग्ने वस्तुको संख्या ७७ पुग्यो

ई आर्थिक    आइतबार, बैशाख १० २०७४
5.8K
Shares
अमेरिकाद्वारा थप ११ वस्तुमा भन्सार छुट, भन्सार नलाग्ने वस्तुको संख्या ७७ पुग्यो

१० वैशाख, काठमाडौं । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स) अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो । अब नेपालले अमेरिकामा शून्य भन्सारदरमा ७७ वटा वस्तु निर्यात गर्न पाउनेछ ।

ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको तेस्रो बैठकपछि अमेरिकाले शून्य भन्सारमा बजार पहुँच दिएका वस्तुको निर्यात बढाउन सरकार तथा उद्योगी व्यवसायिलाई आग्रह गरेको हो ।

अमेरिकाले २०७२ सालको भूकम्प पश्चात नेपालको अर्थतन्त्रलाई थप सहयोग पु¥याउने उद्देश्यले गत वर्ष ६६ वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो । तर, टिफाको तेस्रो बैठकमा थप ११ वस्तुको भन्सार नलाग्ने निर्णय गरेको वाणिज्य मन्त्रालयले जानकारी गराएको हो । अब अमेरिकामा ७७ ओटा वस्तुमा भन्सार शुल्क नलाग्ने व्यवस्था टिफाको तेस्रो बैठक पश्चात भएको छ ।

बैठकमा नेपालले लगानी प्रवद्र्धन, भन्सार प्रशासन र व्यापार सहजीकरणका क्षेत्रमा अवलम्बन गरेका सुधार कार्यबारे अमेरिकी पक्षलाई जानकारी गराएको छ ।

नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल र अमेरिकाबीच २०६८ सालमा टिफा सम्झौता भएको थियो । नेपालमा अमेरिकी लगानी आकर्षित गर्न तथा नेपाली वस्तु र सेवा व्यापार विस्तारमा सघाउ पु¥याउन उक्त सम्झौता भएको मन्त्रालयका प्रवक्ता रवि शङ्कर सैंजुले बताएका हुन् । दुई दिने उक्त बैठकमा गलैंचा, हस्तकला सामग्री, पश्मिना तथा छालाजन्य नेपाली उत्पादनको अमेरिकामा बजार विस्तारमा जोड दिनुका साथै पारस्पारिक व्यापार अभिवृद्धि तथा लगानीबारे छलफल भएको छ ।

टिफा काउन्सिलको काठमाडौंमा बसेको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै दुई देशबिच व्यापार तथा लगानी सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता गरिएको छ । यसक्रममा दुई देशबीच संवाद र सहकार्यलाई आगामी दिनमा थप घनिष्ट बनाउने लगायतका विषयहरु समेटिएको उक्त वक्तव्यमा स्पष्ट पारिएको छ ।

प्राविधिक सहयोग गर्न अमेरिका तयार
अमेरिकाले नेपालको व्यापार सहजीकरण तथा उत्पादन वृद्धिमा प्राविधिक सहयोग गर्न तयार रहेको जनाएको छ । बैठकमा अमेरिकी पक्षले नेपालले हालका दिनमा वित्तीय र औद्योगिक क्षेत्रको सबलीकरण, लगानी प्रवद्र्धन, बौद्धिक सम्पत्तिको संरक्षण र व्यापार सहजीकरणका क्षेत्रमा चालेका सुधारात्मक कार्यको प्रशंसा गर्दै ती क्षेत्रमा नेपाललाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिका सकारात्मक रहेको जानकारी दिए ।

को–को थिए बैठकमा ?
बैठकमा नेपालको तर्फबाट वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र संयुक्त राज्य अमेरिकाको तर्फबाट सहायक वाणिज्य मन्त्री मार्क लिन्सकटले आ आफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । त्यस्तै दुवै देशका वाणिज्य, अर्थ, परराष्ट्र, उद्योग, भन्सार, गुणस्तर प्रमाणीकरण तथा बौद्धिक सम्पत्तिको संरक्षण लगायतका व्यापारसँग सम्बन्धित मन्त्रालय तथा निकायका उच्च पदाधिकारीहरुको सहभागिता रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालबाट अमेरिका निर्यातको अवस्था
नेपालबाट सबैभन्दा बढी निर्यात हुने मुलुकमा भारतपछि दोस्रोमा अमेरिका रहेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट अमेरिकामा ४ अर्ब ६८ करोड रुपैयाँबराबरका वस्तु निर्यात गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा ३ दशमलव ५ प्रतिशतले बढी हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij