चन्द्रमणी भुजेल/बैशाख ४ काठमाडौं । तपाई राँगा–भैसीको मासु (बफ) र मासुका परिकारहरु उपभोग त गरिरहनु छ ? यदी छ भने गुणस्तरको बारेमा ख्याल पनि राख्नुभएको होला ? यदी गुणस्तरको बारेमा जानकारी नराखी (बफ) को मासु खानु भएको छ भने तपाईले यो समाचारदाताले भेटाएको ठाउँबाट पनि मासु ल्याएर खाएको हुनसक्छ ।
यो पंक्तिकार समाचार खोज्ने शिलशिलामा यस्तो राँगा–भैसीको बधशाला भेटायो की तस्विर हेर्दैमा सबै कुरा त्यसैले छर्लङ्गै हुन्छ । त्यो बधशाला हेर्ने वित्तिको तपाईले भैसीको मासु उपभोग गर्न त हैन हर्न पनि मन नलाग्न सक्छ । यो सामाचार गोंगबु, रिङ्गरोडदेखि साढे ३ किलोमिटर पर बानियाँटारमा रहेको एक बधशालाको हो । वरीपरि खाली जग्गामा रहेको बीचमा एउटा राँगा भैसीको एक अव्यवस्थित बधशाला रहेको छ । उक्त बधशाला नजिकै झार पलाएको खाली जग्गामा यत्र तत्र मासु छरेर सुकाइएको छ ।

मासु सुकाएकै छेवैमा एउटा मासु कुरुवा जस्तो मस्त निन्द्रामा सुतिरहेको छ । वरिपरि कुकुर सँगै अन्य पशु र जनवारसमेत चरिरहेको देखिन्छन । दुईवटा कुकुर मासु छानी छानी मासु खाई रहेको छ । यो दृष्य बाटो हिड्ने बटुवालाई पनि पचेको देखिदैन । बटुवाले पनि चारैतिरको दृष्यहरुलाई आफ्नो मोवाइलमा कैद गर्न भ्याएको देखिन्छ । झट्ट हेर्दा यो सुकुटी बनाउनलाई मासु सुकाए जस्तो देखिन्छ ।

व्यवसायिक प्रयोजनका लागि खोलिएका यस्ता बधशालाबाटै होटल रेष्टुरेन्टलाई मासु आपूर्ति गरिन्छ । यस्ता अव्यवस्थित बधशाला राजधानीमा कयौं रहेका छन् । कारवाही गर्ने निकाय र उपभोक्तावादी संस्थाहरुलाई समेत खुलेआम चुनौति दिएर व्यवसाय चलाइरहेका यस्ता व्यवसाय गर्नेहरु प्रति कसैको ध्यान जान सकेको छैन । यस्ता बधशाला प्रति न कारवाही गर्ने निकायको ध्यान गएको छ न त उपभोक्ताबादी संस्थाहरुको नै ।

स्वस्थ्यको दृष्टिकोणले अत्यन्तै हानिकारक हुने यस्तो मासुले उपभोक्तालाई कति हानी गर्ला जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ । यस्तो मासु र मासुजन्य पदार्थले हैजाका साथै विभिन्न रोगहरु निम्त्याउन सकिने स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । ‘विभिन्न रोगहरु भित्र्याउने यस्तै उत्पादनहरुको कारणले हुन्छ ।’ एक स्वास्थ्यकर्मीले भने– ‘त्यसका लागि उपभोक्ता सचेत हुन जरुरी छ ।’
