२०८३ साउन १२ मंगलबार

बर्दियामा विद्युत् चुहावट ४० प्रतिशत

ई आर्थिक    आइतबार, चैत्र २७ २०७३
9.8K
Shares
बर्दियामा विद्युत् चुहावट ४० प्रतिशत

२७ चैत, बर्दिया । नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले विद्युत् चोरी गरी प्रयोग गर्ने दुई सय ९५ जनालाई कारबाही गरेको छ ।

घरायसी तथा व्यापारिक प्रयोजनका लागि विद्युत् चोरी गर्दै आइरहेका त्यस्ता व्यक्तिलाई कारबाही गरिएको प्राधिकरणका प्रमुख अवधेशकुमार गुप्ताले बताउनुभयो ।

उहाँले बर्दियामा विद्युत् चुहावटले विकराल समस्या बनाइरहेको हँुदा यसलाई न्यूनीकरण गर्न आफूहरु लागि परेको जानकारी दिनुभयो । यस आर्थिक वर्षको फागुन मसान्तसम्म विद्युत् चोरी गर्ने करिब तीन सयजनालाई पक्रेर गरिएको कारबाहीमा रु २४ लाख विगोबापत क्षतिपूर्ति समेत असुल गरिएको छ ।

विद्युत् चुहावटकै कारण लोडसेडिङ बढाउनुपर्ने अवस्था बर्दियामा छ । अहिले बर्दियामा करिब ४० प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij