२०८३ साउन ११ सोमबार

सहकारीको तथ्यांकले डाँडो काट्यो, अभियान र सरकार अलमलमा, सन्दर्भ : ६० औं राष्ट्रिय सहकारी दिवस

ई आर्थिक    सोमबार, चैत्र २१ २०७३
6K
Shares
सहकारीको तथ्यांकले डाँडो काट्यो, अभियान र सरकार अलमलमा,  सन्दर्भ : ६० औं राष्ट्रिय सहकारी दिवस

२१ चैत, काठमाडौं । मुलुकमा सहकारी अभियानको शुरुवात भएको ऐतिहासिक दिनको स्मरण गर्दै देशभर ६० औं राष्ट्रिय सहकारी दिवस मनाईदैछ । २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको दिनलाई नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउदै आइएको छ ।

सहकारी क्षेत्रले पर्वको रुपमा लिने गरेको यस दिवसलाई देशभर विविध कार्यक्रमका साथ मनाइदैछ । यो दिवस मनाउन देशभरका सहकारीकर्मी, प्रारम्भीक सहकारी संस्था, विषयगत सहकारी संघ, जिल्ला सहकारी संघ, केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी संघसँगै सहकारीका सरकारी नियकाहरु समेत होमिएका छन । सहकारी दिवस मनाउने यी सबैले आ–आफ्नो हैसियत र क्षमताले भ्याएसम्मको कार्यक्रम आयोजना गरिरहेका छन । हप्तादिन सम्म विभिन्न कार्यक्रम गरेर मनाइने यो दिवसमा गरिने केही कार्यक्रमहरु सम्पन्न भइसकेका छन भने केही कार्यक्रमहरु भइरहेका छन ।

यो दिवसको ध्येय ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ राखिएको छ । ६० औं राष्ट्रिय सहकारी दिवससहित आगामी एक वर्षसम्मका लागि सहकारीको ध्येय यही हुने राष्ट्रिय सहकारी संघ लिमिटेडले जानकारी दिएको छ । प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर एक वर्षका लागि सहकारीको मुल ध्येय तय गर्ने गरिएको छ ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने ध्येयका साथ ५९ औं सहकारी दिवस मनाउन देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गर्नु भएको छ ।

समुदायमा सवल एकताका आधार निर्माण, द्वन्द्व न्यूनिकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि गर्दै गरिबी न्यूनिकरण, सदस्यहरुको सीप, क्षमता तथा नेतृत्व विकास, पिछडिएका वर्ग तथा समुदायको आर्थिक सामाजिक क्षेत्रमा पहुँच वृद्धिका लागि सहकारी क्षेत्रको उल्लेख्य योगदान रहदै आएको बडालले उल्लेख गर्नु भएको छ ।

सहकारीको योगदानको कदर गर्दै नेपालको संविधान २०७२ ले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना गरेको सन्दर्भमा सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्दै स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी क्षेत्रको अपरिहार्यता रहेको उहाँको भनाइ छ ।

 

सहकारीहरुले आफ्नो स्थानीय स्रोत र साधनको परिचालन गर्दै सबैको सहभागितामा आ(आफ्नो जिल्लामा उत्साह र सक्रियतापूर्वक सहकारी ¥याली, झाँकीहरुको प्रदर्शन, सहकारी क्षेत्रबाट उत्पादित वस्तुहरुको प्रर्दशनी तथा विक्री वितरण, सहकारी निवन्ध÷कविता प्रतियोगितात्मक कार्यक्रम, अन्तरक्रिया, गोष्ठी, रक्तदान, सार्वजनिक स्थल सरसफाई, वृक्षारोपण लगायतका कार्यक्रम सञ्चालन गरी भव्य रुपमा मनाइ रहेका छन ।

राष्ट्रिय सहकारी दिवसले सम्पूर्ण सहकारीकर्मीहरुमा ऐक्यवद्ध हुन प्रेरित गर्दै आम समुदायमा सहकारी बारे जागरण पैदा गर्न, सरोकारवाला निकाय तथा राज्यलाई यसको महत्वको बारेमा थप बोध गराउन सहयोग पु¥याउने भएकाले दिवसलाई पूर्ण सफल बनाउन सम्पूर्ण सहकारीकर्मीहरुको साझा दायित्व भएकोले सबैलाई सक्रियताका साथ लाग्न अध्यक्ष बडालले आव्हान गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij