२१ चैत, काठमाडौं । नबिल बैंकले कामपा–६ बौद्ध पीपलबोटमा शाखा सञ्चालन गरेको छ । जोरपाटीमा रहेको शाखालाई पीपलबोटमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले आइतवार एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गर्नुभयो ।
उक्त शाखाबाट ग्राहकले सहज र सरल रूपमा आधुनिक वित्तीय सेवा लिन सक्ने बैंकको भनाइ छ । हाल बैंकले ५२ शाखा एवम् ९५ एटीएम काउण्टरमार्फत वित्तीय सेवा दिइरहेको छ ।