२०८३ साउन ९ शनिबार

कुलमान घिसिङलाई ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’, हरिमान श्रेष्ठलाई ‘नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

ई आर्थिक    शुक्रबार, चैत्र १८ २०७३
7K
Shares
कुलमान घिसिङलाई ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’, हरिमान श्रेष्ठलाई ‘नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

१८ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भएका छन् । हाइड्रो नेपालले वर्ष २०७३ को लागि मुलुकमा लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा उनको योगदानको कदर गर्दै सम्मानको घोषणा गरेको छ ।

घिसिङ वर्षकै हाइड्रोमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित हुने भएका हुन् । उनले गत असोजको सुरुवातमा प्राधिकरणमा कार्यकारीका रुपमा नियुक्ति बुझेका थिए । उनलाई प्राधिकरणमा काम सम्हालेको छोटो समयमै लोडसेडिङको न्युनीकरण र जलविद्युतको पूर्वाधार विकासका लागि लिएको पहलकदमीलाई उत्साहजक भएको भन्दै सम्मान गर्न लागिएको हो ।

काठमाडौंसहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर उनले हाइड्रोको विकासका लागि उत्सहा थपेका छन् । ऊर्जा सकंट बेहोरिरहेको मुलुकमा आˆनो कुशल ब्यवस्थापनको माध्यमबाट कुलमानले पूर्वाधारमा लगानी बढाउन निजी तथा सरकारी क्षेत्रलाई उत्प्रेरित समेत गरेका छन् । त्यसैबापत उनलाई यो सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ ।

Hariman Shrestha

त्यसैगरी संस्थाले हाइड्रो क्षेत्रमा लामो समय देखि निरन्तर योग्दान पुर्याउदै आएका हाइड्रो डा. हरिमान श्रेष्ठलाई ‘नेपाल लाइफ टाइम एचिभमेन्ट’ अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।

डा. हरिमान श्रेष्ठ जलविद्युत् क्षेत्रका एक पायोनियर व्यक्तित्व हुन् । उनले सन् १९६६ मा तत्कालीन सोभियत संघबाट आफ्नो जलस्रोतसम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३,००० मेगावाट रहेको पत्ता लगाएका थिए । जुन आज ५० वर्षपछि सम्म पनि मुलुकको जलविद्युत् क्षेत्रमा ‘गुरु मन्त्र’ को रुपमा रहेको छ ।

पूर्व हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड विजेताहरू :

पहिलो हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड नेपालको जलस्रोत क्षेत्रमा सन् २००८ को लागि आफ्नो लेखमार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा अमूल्य योगदान गर्नु भएकोमा पत्रकार विकास थापाले प्राप्त गरेका थिए । दोस्रो हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड ऊर्जा क्षेत्रमा सन् २००९ को लागि डा. डम्बरबहादुर नेपालीलाई सार्वजनिक-निजी साझेदारीअन्तर्गत मुलुकमै नयाँ तथा सफल मोडेलमा २२ दशमलब १ मेगावाटको चिलिमे जलविद्युत् आयोजना सफलतापूर्वक सम्पन्न गर्न मुख्य योगदान पुर्याएकोमा प्रदान गरिएको थियो ।

तेस्रो हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड ऊर्जा क्षेत्रमा सन् २०१० को लागि ज्ञानेन्द्रलाल प्रधानलाई ऊर्जा क्षेत्रको विकासको लागि निजी क्षेत्रबाट पु-याउनु भएको योगदान तथा व्यावसायिक दक्षता, अविचलित रुपमा निरन्तर प्रयासको लागि प्रदान गरिएको थियो । चांैथो हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड सन् २०११ मा ऊर्जा क्षेत्रको लागि तत्कालीन ऊर्जामन्त्री गोकर्णराज विष्टलाई ऊर्जा क्षेत्रको विकासको लागि छोटो समयमै ठोस नीतिगत निर्णय तथा नेपालको जलस्रोतको विकासका लागि गरेको प्रयासको लागि प्रदान गरिएको थियो ।

पाँचौ हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड सन् २०१३ को लागि निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल ‘इपान’ लाई मुलुकको ऊर्जा विकासको लागि सकारात्मक विकासमा योगदान पु-याए वापत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij