२०८३ साउन ९ शनिबार

अमेरिकामा महिला सांसदले दर्ता गराए अनौंठो प्रस्ताव: पुरुषले हस्तमैथुन गरे १०० डलर जरिवाना !

ई आर्थिक    सोमबार, चैत्र ७ २०७३
3K
Shares
अमेरिकामा महिला सांसदले दर्ता गराए अनौंठो प्रस्ताव: पुरुषले हस्तमैथुन गरे १०० डलर जरिवाना !

एजेन्सी: नेपालमा झैँ अमेरिकामा पनि महिलाहरुमाथि हुने हिंशाको बिरुद्धमा विभिन्न आवाजहरु उठिरहेका छन् तर त्यस्तै आवाज उठिरहेकै बेला, अमेरिकाको टेक्सासका महिला सांसदहरुले पुरुषले हस्तमैथुन गरे १०० डलर जरिवाना गर्न विधेक दर्ता गरेका छन् ।

यस्तो प्रस्ताव सर्वप्रथम ल्याउनेमा महिला संसाद जेसिका फर्रार हुन् । जेसिका फर्रार डेमोक्रेट सांसद हुन्, जसले दुई साता अघि हाउस अफ रिपि्रजेन्टेटिभमा यो प्रस्ताव दर्ता गराएकी छन् । उनलाई थाहा छ कि यो कानुन सजिलै बन्दैन किनकी टेक्ससमा हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको नियन्त्रण छ र, गर्भपतनलाई दिएर कडा कानुन बनेको छ ।

तर, उनले भनेकी छन् कि नजन्मिएका बच्चाको सुरक्षा हरेक रुपमा हुनुपर्छ । उनले यो विधेयकमा भनेकी छन्, यदि कुनै व्यक्तिले स्त्रीको योनीभन्दा बाहिर विर्य निकाल्छ भने यो नजन्मिएका बच्चाको विरुद्ध कदम हो ।

jessica_farara

संसाद जेसिका फर्रार

उनका अनुसार हेल्थ केयर कानुनको नाममा महिलालाई गर्भपतन गराउन कडाई गरी अनेक दुःख दिइएको छ, जबकी पुरुषलाई यस्तो कानुन नै छैन । त्यसैले उनले भनेकी छिन कि पुरुषलाई जसरी आफ्नो विर्य महिलामाथि फाल्ने वा सुक्रक्रिटको नास गर्ने अधिकार छ त्यसै महिलालाई पनि गर्भपतनको अधिकार हुनु पर्यो ।

कामुकताको वर्गिकरण गर्दै उनले भनिन्, ‘योनी बाहिर शुक्राणु निकाल्नु पुरुषले आफ्नो नजन्मिएको बच्चाविरुद्ध हत्या गरेको हो ।

सो प्रस्ताव दर्ता भएपछि कतिपय पुरुष संसादहरुले भने यो विधेयक कतिपयलाई मजाक लागेको उनले बताइन् । उनी भन्छिन्, ‘टेक्सासमा जो महिला हरेक दिन/रात यो समस्याबाट प्रताडित छन्, यो कुनै मजाक होइन । यहाँका सांसदले महिलाका लागि स्वास्थ्य सुविधाका नाममा महिल्हारुलाई आफ्नो स्वास्थ्य अधिकारमाथि निकै कडा कानुन लगाइएको बताइएको हो ।’

उनले दर्ता गरेकी यो प्रस्तावमा भने हाल अस्पताल वा क्लिनिकको अनुमतिते गरिने हस्तमैथुनलाई भने बन्देज गर्न भनिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij