२०८३ साउन ९ शनिबार

नेपाली भाषामा फिल्म बनाउँदै प्रियंका चोपडा

ई आर्थिक    सोमबार, फाल्गुन ३० २०७३
7.7K
Shares
नेपाली भाषामा फिल्म बनाउँदै प्रियंका चोपडा

३० फागुन, काठमाडौं । बलिउड हुँदै हलिउडमा समेत लोकप्रियता कमाएकी पूर्व मिस वर्ल्ड तथा अभिनेत्री प्रियंका चोपडाले नेपाली भाषामा फिल्म बनाउने भएकी छन् । उने आफ्नै प्रडक्सन हाउसमार्फत सिक्कीमी नेपाली भाषा र नेपाली बालबालिकाको कथाबारे फिल्म बनाउन लागेकी हुन् ।

चोपडाको प्रडक्शन हाउस पर्पल पेबल पिक्चर्सले सिक्किमको पर्यटन मन्त्रालयको सहकार्यमा ‘पाहुना’ नामक चलचित्र बनाउन लागेको हो ।

यो फिल्म नेपालमा भएको माओवादी द्वन्दको क्रममा भागेर सिक्किम पुगेका तीन नेपाली बालबालिकाको सम्बन्ध र साहसमाथि केन्द्रित हुने बताईएको छ ।

‘यो विधामा म लामो समयदेखि काम गर्न चाहन्थे र अहिले यसको तयारी सुरु भएको छ । सिक्किम सरकारले यो चलचित्र बनाउन सहकार्य गरेकोमा खुशी छु’, प्रियंकाले प्रेस विज्ञप्ती जारी गर्दै भनेकी छन् ।

यसअघि चोपडाको प्रडक्शन हाउसले दुई क्षेत्रिय भाषामा फिल्म बनाइसकेको छ । यसअघि पञ्जाबी फिल्म सर्भन र मराठी फिल्म भेन्टिलेटर बनाइसकेको पेबल प्रडक्शन हाउसले अब सिक्कमी नेपाली भाषामा फिल्म बनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij