एजेन्सी- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो चार्मिङ नेताको रुपमा चिनिन्छन् । ४५ वर्ष उमेरको उनको व्यक्तित्वले चर्चित हस्तीहरुलाई प्रभावित पारेको छ।
केही समय अघि उनी अमेरिकाको यात्रामा थिए । नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरीमाथी पनि जस्टिनको व्यक्तित्वको जादु देखियो । इभान्का खास कार्यक्रममा जस्टिनको साइडको कुर्सीमै बस्न मनपराइन ।

जस्टिनका पिता पियरे ट्रुडो पनि क्यानडाको प्रधानमन्त्री भएका थिए । तर जस्टिनले राजनीति विरासतमा पाएका होइनन् । उनी आफ्नो पिताको निधन पश्चात मात्र राजनीतिमा आएका थिए ।
पहिले क्यानडाका नागरिकको मन जितेका उनले विस्तारै विश्वभरका राष्ट्र प्रमुख अनि व्यक्तिहरुको मन जित्दै आएका छन् ।

(यो तस्बिरमा मिशेल ओबामाको अनुहारको भावले दर्शाउँच कि उनी पनि जस्टिनको व्यक्तिकोबाट प्रभावित छिन्। )
उनका पिता दुई कार्याकालमा कुल १५ वर्ष क्यानडाका प्रधानमन्त्री भएका थिए । जस्टिनका पिताको निधन सन् २००० मा भएको थियो र त्यसको आठ वर्षपछि ट्रुडोले राजनीतिमा कदम राखे अनि छिट्टै स्थापित पनि भए ।

( ब्रिटेनको शाही परिवारको सदस्य प्रिन्स विलियम र प्रिन्सेज केट मिडल्टनसंघ जस्टिन ट्रुडो )
सन् २००० मा आफ्नो पिताको निधन पश्चात उनले जुन शोक सन्देश पढेका थिए त्यसलाई यति मनपराइयो कि क्यानडा ब्रोडकास्टिङ सर्भिसमा पुनप्रसारण गर्न भन्दै दैनिक सयौं फोन आएका थिए।
जस्टिन विश्वका एकमात्र यस्ता प्रधानमन्त्री हुन जसले हातमा ट्याटु खोपेका छन् । उनी सामान्य नागरिक झै क्यानडाको सडकमा पैदल हिड्दै गरेको भेटिन्छन् ।

( शेख हसिनासंग जस्टिन ट्रुडो )
बिनाकुनै तामझाम, बिना कुनै सुरक्षा उनी क्यानडामा बसमा यात्रा गर्छन् । यो जस्टिनको व्यक्तित्वको मोहक पक्ष हो कि युवा महिलासंगै पाको उमेरकालाई पनि प्रभावित गर्न उनी सफल देखिन्छन् ।

( ब्रिटेनकी महारानीसंग जस्टिन )
आम नागरिकको साथ दिन जस्टिन परेडमा पनि सामेल हुने गरेका छन् । चाहे त्यो समलैगिंकहरुको परेड नै किन नहोस् ।
जस्टिनले कलेज पढ्दा नै साथी सोफिया ग्रेगरीसंग सन् २००५ मा विवाह गरेका थिए । अब उनी तीन बच्चाको पिता बनिसकेका छन् ।
