२०८३ साउन ९ शनिबार

शाहरुख फेरि टेलिभिजनमा फर्किँदै

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७३
6K
Shares
शाहरुख फेरि टेलिभिजनमा फर्किँदै

एजेन्सी: बलिउड सुपरस्टार शाहरुख खान फेरि एकपटक सानो पर्दामा देखिने भएका छन् । उनी कुनै शोमा आफ्नो फिल्मको प्रमोसनका लागि आउन लागेका भने होइनन् ।

शाहरुखले ‘टेड टक्स-नई सोच’ नामको कार्यक्रम लिएर टेलिभिजनमा आउन लागेका हुन् । शाहरुखले यस् शोमा होस्ट गर्ने भारतीय संचारमाध्यमले बताएका छन्। यस कार्यक्रम कहिलेबाट सुरु हुनेछ भनेर खुलासा गरिएको छैन । पहिलो एपिसोडको विषय पनि गोप्य राखिएको छ । यति मात्रै जानकारी प्राप्त भएको छ कि यस शोको पहिलो एपिसोडमा एक पुरुष र एक महिला स्पिकर हुनेछन् ।

एउटा पत्रकार सम्मेलनमा शाहरुखले भने, ‘मेरो बिचारमा टेड टक्सले भारतभरीका मानिसहरुलाई प्रेरणा दिनेछ । यो एउटा यस्तो अवधारणा हो जसमा म डुबेको महसुस गर्न सक्छु । मलाई लाग्छ मिडिया मात्रै एउटा माध्यम हो जसले परिवर्तनका लागि तपाईंलाई प्रेरित गर्न सक्छ । यो शोमा फरक सोचमाथि चर्चा र छलफल गरिनेछ ।’

शाहरुखको शो भिडियो सीरिज टेडटक्समा आधारित छ जसमा अलग-अलग क्षेत्रका मानिसको जिन्दगीसँग जोडिएका समस्याहरुलाई उजागर गरिन्छ । भिडियो सिरिजमा कयौं क्षेत्रका मानिसहरु स्पीकरका रुपमा आएर आफ्नो दृष्टिकोण प्रस्तुत गर्छन् ।

टेडको फुल र्फम टेक्नोलोजी, इन्टरटेनमेन्ट र डिजाइन हो । शोको आधार पनि यिनै तीन चिज हुने बताइएको छ । यसअघि कौन बनेगा करोडपतिको एउटा सिजन सञ्चालन गरेर फ्लप भएका शाहरुखले नयाँ शोबाट कति सफलता हासिल गर्ने हुन् हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij