३ फागुन, काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) झलक प्रसाद खनाल “मेनेजर टु वाच २०१६” बाट सम्मानित हुनुभएको छ।
नेपाल व्यवस्थापन संघको ३६औं साधारण सभाको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले खनाललाई उक्त सम्मान प्रदान गर्नुभएको हो । व्यवस्थापन विकास सम्बन्धमा प्रतिकूल परिस्थितिमा पनि कुशल व्यवस्थापन गरी बैंकलाई सफल मार्गमा डो-याउन खनालले योगदान पुर्याएकोले उक्त अवार्ड दिईएको हो ।
यसअघी हालै मात्र भिबोर सोसाईटी डेभेलपमेन्ट बैंक तथा यसका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई “युरोप बिज्नेस एसेम्ब्ली- अक्सफोर्ड लण्डन” बाट अन्तराष्ट्रिय अवार्ड प्राप्त भएको थियो ।