२०८३ साउन ९ शनिबार

सेञ्चुरी कमर्सियल बैंकको खुद मुनाफामा भारी वृद्धि

ई आर्थिक    मंगलबार, माघ २५ २०७३
2.3K
Shares
सेञ्चुरी कमर्सियल बैंकको खुद मुनाफामा भारी वृद्धि

२५ माघ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको खुद मुनाफामा भारी वृद्धि आएको छ ।

बैंकले चालू आवको दोस्रो त्रैमासमा संचालन मुनाफा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख गरेकोे छ । खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको हो ।

चालु आवको दोस्रो त्रैमासमा बैंकको चुक्तापूँजी रु.३ अर्ब ६८ करोड पुगेको छ भने जगेडा कोषमा ८३ करोड ५९ लाख राखेको छ । बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २४ अर्ब ८ करोड निक्षेप संकलन गरी २० अर्ब ८४ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकको प्रति सेयर आम्दानी १२ रुपैंया १४ पैंसा, प्रति सेयर नेटवर्थ १ सय २२ रुपैंया ६६ पैंसा तथा मूल्य आम्दानी अनुपात २७.५१ गुणा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तोकिएको अवधीमा ८ अर्ब पूंजी पु-याउन बैंक कटिवद्ध रहेको बैंकले जनाएको छ । जस अनुरुप बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ भने नपुग रकम हकप्रद तथा बोनस शेयर जारी गरी पु-याउने लक्ष्य लिएको छ ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, प्राप्ती पश्चात् बैंकको शाखा संजाल ५४ वटा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij