२०८३ साउन ९ शनिबार

फागुन पहिलो सातादेखि पुननिर्माणका लागि सैनिक परिचालन हुने

ई आर्थिक    सोमबार, माघ २४ २०७३
6.3K
Shares
फागुन पहिलो सातादेखि पुननिर्माणका लागि सैनिक परिचालन हुने

२४ माघ, काठमाडौं । पुननिर्माणका लागि प्राविधिक जनशक्तिको अभाव हटाउन फागुनको पहिलो सातादेखि नेपाली सेनाको टोली र सिभिल इन्जिनियर अध्यनरत विद्यार्थीको टोली भुकम्प प्रभावित क्षेत्रमा परिचालन हुने भएका छन् ।

पहिलो चरणमा नेपाली सेनाका दुई सय जना दक्ष कालिगढसहितको टोली भुकम्प प्रभावित रामेछाप, सिन्धुली र ओखलढुंगामा परिचालन हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले जानकारी दिनुभयो ।

उनीहरुलाई प्राधिकरणका इन्जिनियरहरुको टोलीले अहिले राजधानीमा प्रशिक्षक प्रशिक्षण तालिम दिइरहेको छ । तीन जिल्लामा खटिने सेनाको टोलीले स्थानिय जनशक्तिलाई भुकम्प प्रतिरोधी घर बनाउन डकर्मी तालिम दिनुका साथै पुनर्निर्माणमा समेत सहयोग गर्नेछन् । उनीहरुले बिशेष गरि प्राविधिक इन्जिनियर पुग्न नसकेको विकट गाविसमा स्थानियलाई डकर्मी तलिम दिँदै पुनर्निर्माणको अभियानलाई सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै पहिलो चरणमा पोखरा बिश्वबिद्यालयका करिब एक हजार बिद्यार्थी इन्जिनियरहरुलाई पनि भुकम्प प्रभावित जिल्लामा खटाउने योजना अनुरुप प्राधिरणले तालिम शुरु गर्न लागेको पोखरेलले बताउनुभयो ।

पुनर्निर्माणप्राधिकरणले भुकम्प प्रभावित जिल्लामा प्राविधिक जनशक्तिको अभाव हटाउन शसस्त्र प्रहरीका साथै अन्य जनशक्तिलाई समेत तालिम दिएर परिचालन गर्ने योजना बनाएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij