२०८३ साउन ९ शनिबार

कुरियर सेवा संघका अध्यक्ष सिवा सम्मानित

ई आर्थिक    सोमबार, पौस ११ २०७३
6.5K
Shares
कुरियर सेवा संघका अध्यक्ष सिवा सम्मानित

काठमाडौं

यस वर्षको डाक्टर अम्वेडकर विशिष्ट सेवा पुरस्कारबाट नेपाल कुरियर सेवा संघका अध्यक्ष एवं युवा उद्यमी रामेश्वर शिवालाई प्रदान गरिएको छ । नयाँ दिल्लीको पंचशील मण्डपमा आयोजित सामारोहमा भारतका केन्द्रीय खाद्य तथा उपभोक्ता मामिला मन्त्री रामविलास पासवानले सामाजिक न्याय, समावेशी र दलित उत्थानमा उद्यमी शिवाले गरेको योगदानको उच्च कदर स्वरुप डाक्टर अम्बेडकर विशिष्ट सेवा परस्कार प्रदान गरेका हुन् ।

शिवाले दलित समुदायको शिक्षा तथा सामाजिक सेवामा सहयोग गदै आएका छन् । भारतिय दलित साहित्य अकादमीद्वारा आयोजित सम्मेलनमा पूर्व सामाजिक न्याय मन्त्री सत्यनारायण जाटिया, न्यायाधिश वीएच भैरविया, उप–सभामुख जितेन्द्र सरकार र विभिन्न राज्यका सांसद, समाजसेवी, लेखक, र उद्यमीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij