२०८३ साउन ९ शनिबार

हुन्डाइको सेवाकेन्द्र नेपालगञ्जमा

ई आर्थिक    सोमबार, पौस ११ २०७३
5.8K
Shares
हुन्डाइको सेवाकेन्द्र नेपालगञ्जमा

सेल्स, सर्भिस र स्पेयर पार्टर्सको सुविधा पनि एकै छानामुनी उपलब्ध

काठमाडौं

नेपालका लागि हुन्डाइ गाडिको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्जस्थित डिलर अटो डिस्ट्रिब्युटरको संयोजकत्वमा थ्रिएस सेन्टर खोलेको छ ।

एकै छाना मुनीबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सुविधा प्रदान गर्ने गरी सो सेवाकेन्द्र सञ्चालनमा ल्याइएको हो ।

नेपालगञ्ज र वरिपरिका क्षेत्रमा रहेको हुन्डाइ गाडिको मागलाई व्यवस्थापन गर्न कम्पनीले उक्त डिलर तथा सेवाकेन्द्र खोलेको हो ।

सो केन्द्रको उद्घाटन श्रेष्ठ परिवारका वरिष्ठ सदस्य हिमप्रसाद श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गर्नुभएको थियो ।

सेन्टरमा पाँच वटासम्म गाडिको सोरुम, तालिमप्राप्त प्राविधिक र एयर कन्डिसन तथा वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज उपलब्ध छ । प्रति महिना ३०० सम्म गाडिलाई सेवा दिने क्षमता उक्त केन्द्रको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij