२०८३ साउन ९ शनिबार

बङ्गलादेश बाइनालेमा चार कलाकार छनोट

ई आर्थिक    सोमबार, पौस ११ २०७३
3.6K
Shares
बङ्गलादेश बाइनालेमा चार कलाकार छनोट

ढाकामा भएको १७ औंँ बाइनालेमा नेपालका चार कलाकारका कलाकृति छनोट हुनुभएको छ ।

विश्वका ५४ देशका कलाकार सहभागी रहेको सो प्रदर्शनीमा नेपालबाट रवीन्द्र श्रेष्ठ, जुपिटर प्रधान, कर्मा छेटु गुरुङ र लक्ष्मण श्रेष्ठ छानिनु भएको हो । विश्का कलाकारलाई हरेक दुई वर्षमा बङ्गलादेशको राजधानी ढाकामा सन् १९८२ (वि.सं. २०३९ तिर) देखि बङ्गलादेश शिल्पकला एकेडेमीले जमघट गराउँदै आएको छ । प्रदर्शनीमा बङ्गलादेशका दुई सय २० र अन्य देशका १४३ कलाकारका कलाकृति राखिएको छ ।

img_8953 img_1661 img_9245

गत मङ्सिर १६ गतेदेखि सुरु भएको सो बाइनालेमा सहभागी नेपाली कलाकार गुरुङले आफ्नो काममा गर्व गर्ने श्रमजीवी वर्गलाई मुख्य विषय बनाएका छन् । उहाँले भन्नुभयो, “इमान्दारीका साथ मिहिनेत गरेर काम ग¥यो भने नेपाली कलाले विश्वमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सक्छ ।”

दुई वर्ष अगाडिसम्म सो बाइनालेमा नेपालका तर्फबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) बाट कलाकारको छनोट भई सहभागिता जनाउँदै आए तापनि यस पटक विश्वव्यापी रुपमा आह्वान गरी कलाकारसँग आवेदन मागिएको नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।

मानवीय संवेदनालाई कलात्मक रुपमा जोड्दै मानव जातिको हितमा सबै लाग्नुपर्छ भन्ने भावका कलाकृति बनाउनभुएका कलाकार रवीन्द्रले नेपालीको कलाबाट प्रभावित भएर प्रदर्शनीमा सहभागी भएका अन्य देशका कलाकार तथा कला पारखीबाट आफूहरुलाई ‘अफर’ आएको बताउनुभयो ।

प्रदर्शनीमा सहभागी अर्का कलाकार प्रधानले ‘होम अवे होम’ शीर्षकमा प्रतिस्थापन कला प्रस्तुत गर्नुभएको छ । त्यस्तै लक्ष्मणले भूकम्पको तरङ्गलाई अमूर्त चित्रमार्फत प्रस्तुत गर्नुभएको छ । प्रदर्शनी यही पुस १६गतेसम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij