२०८३ साउन ९ शनिबार

माउण्टेन ड्युकाे रोमाञ्चक प्रचार अभियानमा अनुपबिक्रमको दमदार स्टन्ट

ई आर्थिक    बुधबार, चैत्र ७ २०८०
5.6K
Shares
माउण्टेन ड्युकाे रोमाञ्चक प्रचार अभियानमा अनुपबिक्रमको दमदार स्टन्ट

ई–आर्थिक, काठमाडौंं । नेपाल उपभोक्ताहरुलाई आफू भित्रको डरलाई हटाउन आग्रह गर्दै माउण्टेन ड्युले एक गतिशील एवं आकर्षक ग्रीष्म प्रचार अभियानको थालनी गरेको छ ।

यस अभियानमा जोडिएका अनूप विक्रम शाहीले माउण्टेन ड्युले विगतका दिनहरुदेखि नै व्यक्त गर्दै आएको ‘डरको अगाडी जित छ’ भन्ने मूल मन्त्रलाई नै विशेष जोड दिएका छन् ।

याे अत्यन्त रमाइलो प्रचार अभियान एक टिभी विज्ञापनको साथमा आएको छ । पकड राखिराख्ने फिल्म एउटा गोदामबाट आँधी तुफान चलेसँगै सुरु हुन्छ भने यो परिस्थितिबाट अञ्जान साथीहरूको एक समूह मस्त भएर क्याम्पिङको मज्जा लिइरहेका हुन्छन् ।

यसै बीच अनूप विक्रम शाहीको प्रवेश हुन्छ, जसले आफ्नो दूरबिनको सहायताले तीव्र गतिमा बढिरहेको आँधी र त्यसको चपेटामा पर्न गइरहेका आफ्ना साथीहरूलाई देख्छन् ।

भयङ्कर आँधी, आगो र अवशेषहरुलाई बेवास्ता गर्दै ‘माउण्टेन ड्यु’ को एक सिप लिएर निडर बन्दै शाहीले आफ्ना साथीहरूलाई त्यस विपत्तिबाट जोगाउँछन् अनि जोसिलो स्टण्टसंगै आँधीको मार्ग पनि बदलिदिन्छन् ।

यो भयावह पूर्ण परिस्थितिको निष्कर्षले अन्त्यमा फेरि एक पटक माउण्टेन ड्युको ‘डरको अगाडी जित छ’ भन्ने मूल मन्त्रलाई मजबुत गरिदिएको छ। यी साहसिला दृश्यहरू शक्तिशाली एसएफएक्सद्वारा दर्साइएको छ भनेँ प्रेरणादायी गीतमा चर्चित नेपाली गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।

अभियानको बारेमा आफ्नो भनाई राख्दै पेप्सीको नेपालका एशोसिएट डाइरेक्टर अनुज गोयल भन्छन् ‘माउण्टेन ड्युको प्रतिष्ठित मूल मन्त्र ‘डरको अगाडी जित छ’ लाई अनूप विक्रम शाहीको साथमा एक आनन्ददायक ग्रीष्मकालीन अभियानसँगै फेरि सुरु गर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौं । हामी विश्वस्त छौं कि बाँधेर राख्ने कथा सार र मुटुको ढुकढुकी बढाउने स्टण्टहरु भएको टिभी विज्ञापन नेपाली युवाहरूसँग जोडिनेछ र माउण्टेन ड्युको चुस्किमा रमाउँदै उनीहरु भित्रको डरलाई भगाएर यो गर्मी यामको मज्जा लिन जोड दिनेछन् ।’

अनूप विक्रम शाहीले अभियानको बारेमा टिप्पणी गर्दै भन्छन् ‘माउण्टेन ड्युसँग सहकार्य गर्न पाउनु र अर्को सिजनको लागि पनि ड्युको मूल नारा ‘डरको अगाडी जित छ’ लाई साकार गर्न पाउनु वास्तवमै मेरो लागि सम्मानको कुरा हो। माउण्टेन ड्युको एक्सनले भरिपूर्ण दृश्यहरू छायाङ्कनले म भित्र अदम्य साहसहरु भरिएका छन्, जुन मेरो व्यक्तित्वसँग पनि दुरुस्त मेल खान्छ। सधैंं जसो नेपाली युवाहरूसँग यो यात्रा साझा गर्दै उनीहरुलाई उनीहरुको डर भन्दा अगाडी बढाउन र जितलाई आत्मसात् गर्न प्रेरित गर्न पाउँदा म अत्यन्त उत्साहित छु।’

माउण्टेन ड्युको एक जना वा धेरैलाई पुग्ने सर्भ प्याकहरु आधुनिक एवं परम्परागत खुद्रा पसलहरूका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्महरूमा पनि उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij