२०८३ साउन १५ शुक्रबार

सामाजिक सुरक्षा कोषको योगदानमा श्रमिकको गुनासो

ई आर्थिक    बुधबार, असोज १७ २०८०
9.5K
Shares
सामाजिक सुरक्षा कोषको योगदानमा श्रमिकको गुनासो

काठमाडौँ, असोज १७ गते । सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने ३१ प्रतिशत रकम सबै श्रमिकको तलबबाट काट्ने क्रम बढेको पाइएको छ । सामाजिक सुरक्षा ऐन २०७४ अनुसार योगदानकर्ताको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम मासिक रूपमा कोषमा जम्मा गर्नुपर्ने भए पनि पछिल्लो समय केही रोजगारदाताले ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट कटाएर पठाउने गरेको पाइएको हो ।

कोषका अनुसार कोषमा सूचीकृत रोजगारदाताले श्रमिकको नियमित रूपमा जम्मा गरिदिनुुपर्ने योगदान रकम जम्मा नगर्ने, कानुन अनुसार रोजगारदाताले थप गर्नुपर्ने रकम थप नगरिदिने, कट्टा गरेको रकम कोषमा जम्मा नगरी आफैँ राख्ने वा अन्य खातामा जम्मा गरिदिनेलगायतका गुनासो पछिल्लो समय बढेका छन् । कोषका सहप्रवक्ता रोहित रेग्मीले यस्तो कार्य श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ अनुसार वितरित भएकाले यस विषयमा एक पटक रोजगारदातालाई सचेत गराउने काम गरेको जानकारी दिनुभयो ।

कोषमा सूचीकृत हुन बाँकी रहेका सबै सङ्गठित निजी संस्थालाई कोषमा सूचीकृत भई आफ्ना कर्मचारीलाई समेत सूचीकृत गराएर नियमित रूपमा योगदानबापतको रकम कोषमा जम्मा गर्न कोषको सूचनामा भनिएको छ । कर्मचारीको पारिश्रमिकबाट ११ प्रतिशत रकम मात्रै कट्टा गरी कर्मचारीको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम अनिवार्य रूपमा थपेर जम्मा गर्नुपर्ने पनि सूचनामा उल्लेख छ ।

कोषका सहप्रवक्ता रेग्मीले कट्टा गरेको पारिश्रमिक १५ दिनभित्र कोषमा जम्मा नगरेमा वा ३१ प्रतिशत रकम नै योगदानकर्ताको पारिश्रमिकबाट काटेको अवस्था भएमा आफ्नो समस्या र गुनासो लिखित वा मौखिक रूपमा कोषमा टिपाउन आग्रह गर्नुुभयो ।

उहाँले रोजगारदाता र योगदानकर्ता दुुवैका तर्फबाट कोषमा जम्मा गर्नुपर्ने रकम योगदानकर्ताको पारिश्रमिकबाट मात्रै कट्टा गरिएमा श्रम ऐन २०७४ अनुसार रोजगारदाता कम्पनीलाई कानुनी कारबाही हुुने जानकारी दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij