२०८३ भाद्र २५ बिहिबार

नेपालमा मनाइयो १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस, सभामुख घिमिरेले भने– ‘समाज रुपान्तरणको लागि सहकारी मजवुत खम्बा हो’

ई आर्थिक    आइतबार, असार १७ २०८०
5.4K
Shares
नेपालमा मनाइयो १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस, सभामुख घिमिरेले भने– ‘समाज रुपान्तरणको लागि सहकारी मजवुत खम्बा हो’

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालले १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि मनाइएको छ । सो अवसरमा ललितपुरमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले सहकारीको विकास र प्रवद्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।

सभामुख घिमिरेले कसैको निहित इच्छापूर्तिका लागि होइन, सहकारीको उद्देश्य हासिल गर्न नेपाली सहकारीकर्मीहरु लाग्नुपर्ने बताए ।

सभामुख घिमिरेले समाज परिवर्तनका लागि सहकारी मजबुत खम्बा भएकाले सहकारी क्षेत्रको विभिन्न निकायमा रहेर काम गर्ने सरोकारवालाहरुले नबिराउनु/नडराउनु भन्ने आदर्शलाई मूल मन्त्र मानेर काम गर्नुपर्नेमा उनले जोड दिए । साथै प्रतिनिधिसभामा सहकारीलाई लिएर बहस हुने गरेको चर्चा गर्दै घिमिरेले कानूनमा भएका कमीकम्जोरीहरुलाई केलाएर सहकारीमैत्री ऐन/नियमहरु बन्नेमा आपूm विश्वस्त भएको उल्लेख गरे ।

महासंघका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा सभामुख घिमिरेले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ÷संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाण पत्रले सम्मान गर्नु भएको थियो । महासंघले राष्ट्रिय सहकारी पुरस्कार २०७९बाट सहकारी अभियन्ता डा।शान्तराज शर्मालाई सम्मान गरेको छ । जसको पुरस्कार रासी ५० हजार रहेको छ ।

उत्कृष्ट सहकारी पुरस्कार,२०७९ बाट जिल्ला सहकारी संघ लि।, काभ्रेपलाञ्चोक पुरस्कृत भयो । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०७९बाट कोशी प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लि. अर्जुनधारा–३, झापा, मधेश प्रदेशको साना किसान कृषि सहकारी संस्था लि।शंकरपुर–१०, सर्लाही, बागमती प्रदेशको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती–६, काभ्रेपलाञ्चोक,गण्डकी प्रदेशको मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लि। जलजला–३,पर्वत, लुम्बिनी प्रदेशको तिलोत्तमा बहुमुखी सहकारी संस्था लि।तिलोत्तमा–२, रुपन्देही, कर्णाली प्रदेशको त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था लि।त्रिपुरासुन्दरी,डोल्पा, सुदूरपश्चिम प्रदेशको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि। टिकापुर, कैलाली पुरस्कृत भए ।

सहकारी पत्रकारिता पुरस्कार,२०७९बाट सहकारी अखबार डटकमका सम्पादक खिलानाथ दाहाल पुरस्कृत भएका छन् । पुस्कृतलाई जनही २५ हजार नगदसमेत प्रदान गरिएको थियो ।

सोही अवसरमा अध्यक्ष मिनराज कंडेल र काठमाडौं युनिभर्सीटीका प्राध्यापक बिनोद कृष्ण श्रेष्ठले राष्ट्रिय सहकारी महासंघले काठमाडौं युनिभर्सीटीको सहकार्यमा २०७९ साल पौषबाट सञ्चालन गरेको डिप्लोमा इन कोअपरेटिभ कोर्ष पूरा गर्ने ३० जना सहकारीकर्मीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले सञ्चालन गरेको उक्त विशेष समारोहमा संघीय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, महासंघका सल्लाहकारहरु दीपक प्रकाश बाँस्कोटा, उषा झा, काठमाडौं विश्वविद्यालयका प्राध्यापक बिनोदकृष्ण श्रेष्ठ, नेपाल बचत तथा ऋण सहकारी संघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा, पुस्कृत हुनेहरुमध्यबाट भूपेन्द्रमान श्रेष्ठ र डिप्लोमा इन कोअपरेटिभ कोर्ष पूरा गर्नेहरु मध्येबाट कृष्ण कुमार तामाङ्ग लगायतका वक्ताहरुले आ–आप्mनो मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij