२०८३ भाद्र ९ मंगलबार

चार करोड रुपैयाँ लगानीमा हरर सिनेमा ‘भिडियोटेप’ निर्माण हुने, उपासना, कुन्दुनमान, रिशु लगायतले अभिनय गर्ने

ई आर्थिक    बुधबार, साउन २७ २०८३
2.4K
Shares
चार करोड रुपैयाँ लगानीमा हरर सिनेमा ‘भिडियोटेप’ निर्माण हुने, उपासना, कुन्दुनमान, रिशु लगायतले अभिनय गर्ने

काठमाडौँ । हरर कथामा आधारित नेपाली सिनेमा ‘भिडियोटेप’ निर्माण हुने भएको छ। एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको हो।

सिनेमाको निर्देशन ओविद उद्दिनले गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। बाल्यकालदेखि नै हरर जनराका सिनेमा हेर्दै हुर्किएका कारण पहिलो सिनेमाका रूपमा यही जनरा रोजेको निर्देशक उद्दिनले बताए।

‘भिडियोटेप’ काल्पनिक कथामा आधारित रहेको र यसको कथा कुनै वास्तविक घटनासँग सम्बन्धित नरहेको निर्देशक उद्दिनले स्पष्ट पारे।

सिनेमामा उपासना सिंह ठकुरी र कुन्दुनमान शाक्य मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै रिशु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायत कलाकारको समान र शसक्त अभिनय रहनेछ।

मुख्य अभिनेत्री उपासनाले कथा मन परेकाले सिनेमामा काम गर्न तयार भएको बताइन्। उनका अनुसार करिब एक वर्षअघिदेखि नै निर्माण टिमसँग सिनेमाका विषयमा कुराकानी हुँदै आएको थियो।

‘भिडियोटेप’ लाई लिएर आफू निकै उत्साहित रहेको अभिनेता कुन्दुनमान शाक्यले बताए।

थिएटरमा आफ्नो अभिनयमार्फत पहिचान बनाएकी रिशु राउत पनि सिनेमामा महत्वपूर्ण भूमिकामा देखिनेछिन्। उनको अभिनयले सिनेमालाई थप प्रभावकारी बनाउने निर्माण पक्षको अपेक्षा छ।

भदौ ५ देखि उपल्लो मुस्ताङमा छायांकन

निर्माण टिमका अनुसार सिनेमाको छायांकन आगामी भदौ ५ गतेदेखि उपल्लो मुस्ताङबाट सुरु हुनेछ। सिनेमाको छायांकन वशिष्ट प्रधानले गर्नेछन्।

एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमले निर्माण गर्न लागेको सिनेमालाई दर्शकको साथ र सहयोग आवश्यक रहेको बताए।

निर्माण पक्षका अनुसार ‘भिडियोटेप’ करिब चार करोड रुपैयाँ लगानीमा निर्माण हुनेछ। हरर कथावस्तु, नयाँ निर्देशक र अनुभवी कलाकारको संयोजनमा निर्माण हुन लागेको सिनेमालाई लिएर निर्माण टिम उत्साहित देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij