२०८३ भाद्र २५ बिहिबार

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी रकम जम्मा

ई आर्थिक    बिहिबार, भाद्र २५ २०८३
551
Shares
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी रकम जम्मा

काठमाडौं।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रूपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रूपैयाँ मौज्दात छ।

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ।

नेपाली रूपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रूपैयाँ पुगेको कार्यालयले जनाएको छ।

विवरणअनुसार भदौ २५ गते मात्रै नेपालीतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रूपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ।

राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रूपैयाँ निकासा गरिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij