२०८३ भाद्र २७ शनिबार

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

ई आर्थिक    बिहिबार, भाद्र २५ २०८३
760
Shares
बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो।

बैठकमा समसामयिक विषयसँगै पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र प्रभावित नागरिकको पुनर्स्थापनाका कामलाई निरन्तरता दिँदै आएको छ।

बाढीबाट भएको क्षतिको व्यवस्थापन तथा प्रभावित नागरिकलाई थप राहत उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गर्न बैठक बोलाइएको जनाइएको छ। साथै, प्रभावित क्षेत्रमा जारी उद्धार तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै प्रभावित परिवारको पुनर्स्थापना र आवश्यक पूर्वाधार पुनर्निर्माणका लागि समेत आवश्यक कदम चाल्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij