२०८३ साउन १४ बिहिबार

धमाधम शाखा विस्तार गर्दै समृद्धि फाइनान्स, सिराहको कसहामा ११ औं शाखा

ई आर्थिक    शुक्रबार, असार ८ २०८०
4.5K
Shares
धमाधम शाखा विस्तार गर्दै समृद्धि फाइनान्स, सिराहको कसहामा ११ औं शाखा

ई–आर्थिक, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कसहा बजारमा आफ्नो एघारौं शाखा विस्तार गरेको छ । बिहीवार एक कार्यक्रमका बीच धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतो र संस्थाका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख महतोले नगरपालिकाको विकासशील बजारको रूपमा रहेको कसहा बजारमा कुनै पनि बैंकको सुविधा नरहेको अवस्थामा भएको शाखा विस्तारले नागरिकलाई बैंकिङ कारोबारमा सहज हुने बताए । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयसहित संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारे जानकारी दिएका थिए ।

संस्थाका सञ्चालक थापाले स्थानीयकोे आवश्यकताअनुसार संस्थाले आफ्ना सेवालाई परिमार्जन गर्दै गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij