२०८३ साउन १४ बिहिबार

नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्न नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

ई आर्थिक    आइतबार, असार ३ २०८०
3.2K
Shares
नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्न  नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

ई–आर्थिक, काठमाडौ । नागरिक लगानी कोष र खल्ती प्रा.लि. बीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षण गरेका हुन् । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकहरुलाई आवद्धता गराइ रकम संकलन गर्न सहयोग पु¥याउने छ ।

यो सँगै आर्थिक वर्ष २०८०÷८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकोले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुगने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij