२०८३ भाद्र २५ बिहिबार

सहकारी बैंकले गर्‍यो १५ हजार सदस्यलाई संरक्षित पुँजी कोष फिर्ता

ई आर्थिक    शुक्रबार, असार १ २०८०
5K
Shares
सहकारी बैंकले गर्‍यो १५ हजार सदस्यलाई संरक्षित पुँजी कोष फिर्ता

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले १५ हजार सदस्यलाई संरक्षित पुँजी कोष फिर्ता गरेको छ । बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूलाई रकम बाँडफाँट गरेको हो ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुसार बिहीबार कोष बाँडफाँड गरेको बैंकले कूल १८ करोड ५५ लाख १२ हजार ६१५ रुपैयाँ फिर्ता गरेको हो ।

यस्तो कोष फिर्ता सदस्य सहकारी सङ्घ संस्थाले जम्मा गरेको बचत रकमका लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारका आधारमा रकमको बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij