२०८३ साउन २२ शुक्रबार

दुबै खुट्टा गुमाएका अपाङ्ग बुढामगरले सगरमाथा चुमेर राखे नयाँ रेकर्ड

ई आर्थिक    आइतबार, जेष्ठ ७ २०८०
2.9K
Shares
दुबै खुट्टा गुमाएका अपाङ्ग बुढामगरले सगरमाथा चुमेर राखे नयाँ रेकर्ड

ई–आर्थिक, सोलुखुम्बु । प्रयास गर्दा असम्भव केही रहेनछ । यसका उदाहरण घुँडामाथिसम्म दुबै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगर बनेका छन् । बुढामगरले विश्वको सर्वोच्च शिखर चुम्दै नयाँ रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो बुढा मगरले सगरमाथा आरोहण गरेको जनसम्पर्क समितिले जनाएको छ ।

यससँगै घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमानसमेत बनाएका छन्। मगरले कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा आरोहण गरेका हुन्। दुबै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन् ।

उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन् भने घुँडामाथिसम्म खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्न सफल बुढामगर पहिलो व्यक्ति हुन्। आरोहणको जनसम्पर्क अधिकृत हिम विष्टका अनुसार मगरको टोलीले शुक्रबार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेका हुन् ।

संसारको शिखरमा चढ्न आफूले सक्दा अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्ने आरोही मगरले बताए। सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन् ।

ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए। उनले दुबै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij