२०८३ साउन १५ शुक्रबार

वायुसेवा निगम खाने ‘खुम्लेकिरा’ मन्त्री नै रहेको पर्यटनमन्त्री कारातीको दाबी

ई आर्थिक    शुक्रबार, बैशाख १५ २०८०
4.3K
Shares
वायुसेवा निगम खाने ‘खुम्लेकिरा’ मन्त्री नै रहेको पर्यटनमन्त्री कारातीको दाबी

ई–आर्थिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको आरोप लगाउनुभयो ।

शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरु स्वयं दाबी गर्नुभएको हो। उहाँले मन्त्रीहरुले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको बताउनुभयो। उहाँले भगवान पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरु आफ्नो विज्ञतामा बस्नुपर्ने बताउनुभयो। उहाँले अहिले राज्य सत्ताको सारा अंग मृत्युप्रायः रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘वायुसेवा निगम खाने खुम्लेकिरा त मन्त्री नै पो रहेछ। प्रत्येक मानिस नियुक्तिमा पैसा उठाएको छ। हजार होइन, लाख होइन, क भन्दो रहेछ के क, क, एकदिन होइन, महिनौँ महिनासम्म क उठाएपछि कसरी हुन्छ ? सबै आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ, भगवान त आफ्नो स्थानमा बस्छन्, हामी त मान्छे हौँ । मान्छेको चाहिँ सबैतिर विज्ञता हुँदैन । अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्राय छन् । जति चिमोट्दा पनि ऐय्या भन्दैन, स्वार्थमा दौडिएका छन् । जनता अब जाग्नुपर्छ। दबाब जनताले दिनुपर्छ ।’’

मन्त्री किराँतीले देशका कानुन संशोधन गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले एउटा व्यवसाय दर्ता गराउन सातवटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । मन्त्री किरातीले नेपालीको रगतरगतमा भ्रष्टाचार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij