२०८३ असोज ७ बुधबार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपालगञ्जको श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहमा १० प्रतिशतसम्मको छुट

ई आर्थिक    सोमबार, बैशाख ४ २०८०
5.1K
Shares
सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपालगञ्जको श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहमा १० प्रतिशतसम्मको छुट

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालिबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख श्री किरण राणा मगर तथा श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालिका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बि. सि. शाहले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालिमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग तथा क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij