काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेटवार्ता गरेका छन् ।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर कार्यवाहक प्रधानमन्त्री वाग्लेले भेटवार्ता गरेका हुन् ।
भेटमा मुलुकको समसामयिक विषय, शान्ति-सुरक्षा तथा समग्र आर्थिक अवस्थाबारे छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका थिए ।