ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले १६औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम गरेको छ ।
बैंकले सोमवार स्थापनाको १६ वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा सातओटै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम अन्तर्गत प्रदेश १ को बिर्तामोड शाखा, मधेश प्रदेशको मिर्चैया शाखा, बागमती प्रदेशका कान्तिपथ र भरतपुर शाखा, गण्डकी प्रदेशको पोखरास्थित न्यूरोड शाखा र लुम्बिनी प्रदेशको घोराही शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी चौराहा शाखामार्फत रक्तदान कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा ५१२ जनाले रक्तदान गरेको बैंकको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।