२०८३ भाद्र २५ बिहिबार

पिलग्रीम सहकारीको १२औं साधारणसभा सम्पन्न

ई आर्थिक    मंगलबार, पौस १२ २०७९
6.2K
Shares
पिलग्रीम सहकारीको १२औं साधारणसभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । पिलग्रीम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औं साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, बिकू बचत तथा ऋण सहकारी संस्थाका संस्थापक एवं वर्तमान अध्यक्ष ओमप्रसाद सापकोटालगायतको उपस्थितिमा सभा सम्पन्न गरेको हो ।

सभामा बाबिया खर्क सहकारीका व्यवस्थापक बलदेव पौडेल, कागेश्वरी मनोहरा नगरपालिका–९ का अध्यक्ष अनिल थापा, वडा नं ७ का अध्यक्ष भीमसेन थापा र छिमेकी सहकारी मल्टिस्टारका अध्यक्ष अनसन साखको पनि उपस्थिति थियो ।

कार्यक्रममा नगर प्रमुख कार्कीले सहकारीका सदस्यहरूको क्षमता विकास एवं उत्पादनमूलक कार्यका लागि नगरपालिकाले विभिन्न किसिमका तालीम तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै बिकू सहकारीका संस्थापक एवं अध्यक्ष ओमप्रसाद सापकोटाले सानो बचतबाट शुरू गरेको सहकारी अभियान अहिले राष्ट्रिय अन्तरराष्ट्रियस्तरको बन्नु गौरवको विषय रहेको बताए । कार्यक्रममा पिलग्रीम बचत तथा ऋण सहकारीका अध्यक्ष गयाप्रसाद उपाध्यायले पछिल्लो समय सहकारीप्रतिको विश्वास घट्न थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij