२०८३ साउन १२ मंगलबार

एमाले उम्मेद्वार निरौलासहित तीनजनालाई मौन अवधिमा पैसा बाँड्दै गर्दा पक्राउ

ई आर्थिक    शनिबार, मंसिर ३ २०७९
3.2K
Shares
एमाले उम्मेद्वार निरौलासहित तीनजनालाई मौन अवधिमा पैसा बाँड्दै गर्दा पक्राउ

ई–आर्थिक, काठमाडौं । मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् ।

उनीहरूलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको छ । उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् ।

उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको गरेको हो ।

काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij