२०८३ साउन ९ शनिबार

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’का विजेतालाई पुरस्कार हस्तान्तरण

ई आर्थिक    मंगलबार, भाद्र २१ २०७९
5.9K
Shares
‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’का विजेतालाई पुरस्कार हस्तान्तरण

ई–आर्थिक, काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गतवर्षको दशैं तिहारको अवसरमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

थापाथलीस्थित हुन्डाई शोरूममा आयोजित कार्यक्रममा कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिद्वारा विजेतालाई संयुक्त रूपमा पुरस्कार वितरण गरिएको हो । उक्त अफर अन्तर्गत बम्पर पुरस्कार काठमाडौंका लोकेश वज्राचार्यले जितेका छन् । उनलाई हुन्डाईको ‘आई–ट्वेन्टी’ कार हस्तान्तरण गरिएको छ ।

कम्पनीको अफरअनुसार हरेक नयाँ हुन्डाई गाडीको खरीदमा ग्राहकले ३ लाखसम्मको आकर्षक नगद छूट, १ वर्षका लागि निःशुल्क बीमा तथा सडक कर छूट, स्त्र्mयाच कार्डमार्फत थप रू. १ लाखसम्म नगद छूटका साथै बम्पर उपहार स्वरूप (एक जनाले) हुन्डाई आई–ट्वेन्टी जित्ने मौका पाएका छन् । ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना गतवर्षको भदौ २४ देखि कात्तिक ३० सम्म लागू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij