२०८३ भाद्र २५ बिहिबार

पञ्चशील बहुउद्देश्यीय सहकारीले सदस्यलाई १८ प्रतिशत लाभांश दिने

ई आर्थिक    आइतबार, भाद्र १९ २०७९
9K
Shares
पञ्चशील बहुउद्देश्यीय सहकारीले सदस्यलाई १८ प्रतिशत लाभांश दिने

ई–आर्थिक, ललितपुर । ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले संचालक समितिको तर्फबाट आ.व. २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७९/०८० को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष ०७७/०७८ मा शेयर पुँजी १६ करोड ७० लाख २५ हजार ५ सय, बचत (निक्षेप) तर्फ २ अर्ब ४ करोड ४० लाख ८४ हजार २ सय ९९ रुपैयाँ, वार्षिक कारोबार २ अर्ब ८९ करोड ५ लाख ४१ हजार ९३ रुपैँया ५० पैसा पुर्याउन संस्था सफल भएको छ । त्यसैगरी संस्थाको जगेडा कोष तथा अन्य कोषमा २८ करोड ६० लाख ९४ हजार ८ सय ७८ रुपैँया रहेको छ ।

संस्थाले सहकारीहरको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख राजु खतिवडाले जानकारी दिए । संस्थाले गत आ.व.०७८/०७९ मा ८ करोड ५१ लाख १८ हजार २ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले आ.व. ०७८/०७९ मा २ करोड २८ लाख ९७ हजार ४ सय ७७ रुपैयाँ आयकर तथा अन्य विभिन्न शिर्षकहरुमा राजस्वमा योगदान गरेकोछ ।

संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई विभिन्न सिप मुलक तालिम दिने, अन्तरक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।

संस्थाले प्रविधिमा आधारित सेवा एटिएम, मोबाईल बैकिङ, क्युआर सेवा प्रदान गर्दै आएको छ ।

संस्थाका सचिव घनश्याम धमलाले संचालन गरेको उक्त सभाका प्रमुख अतिथि राष्टिय सहकारी बैंकका अध्यक्ष के.बि.उप्रेती रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij